काठमाडौं। गत वर्ष असार २३ मा पहिलोपटक राष्ट्रिय खेलकुद परिषद (राखेप) मा सदस्यसचिवका रूपमा पद तथा गोपनीयताको शपथ लिने क्रममा रमेशकुमार सिलवालले भनेका थिए, “मैले दुई तिहाइ जीवन शिर ठाडो हुने गरी बाँचेको छु। अबको जीवन त्यसैगरी जिउने छु। साग तीनपटक सरिसक्यो। अब सर्नु हुँदैन। मसँग योभन्दा राम्रा अवसर पनि आएका थिए, तर मैले यही रोजेँ। यहाँ भएका सबै चुनौती स्वीकार गरेर आएको हुँ। अपारदर्शी काम मेरो कार्यकालमा हुन दिने छैन।”

नेपाली क्रिकेट प्रशासनका पुराना खेलाडी सिलवाल नेपाली उच्च शिक्षा क्षेत्रको अग्रणी संस्था गोल्डेनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन्।

गोल्डेनगेट कलेजलाई सफलताको उचाइमा पुर्‍याउन नेतृत्व प्रदान गर्ने व्यक्ति सिलवाल नै थिए। त्यही कारण नेपाली खेलकुदले गोल्डेनगेटजस्तै सफलता राखेपले पनि हासिल गर्ने स्वभाविक आशा उनीबाट गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयबाट आज सदस्यसचिवका रूपमा दोस्रो कार्यकाल राखेपको नेतृत्व लिइरहँदा पनि सिलवालसामु चुनौतीका चाङ कायम छन्।

चार वर्षका लागि नियुक्त भए पनि उनको पहिलो कार्यकाल एक वर्षमै टुंगियो। खेलकुद विकास ऐन २०७७ लागू भएपछि असार १८ मा सिलवालको पहिलो कार्यकालमा पूर्णविराम लागेको थियो। तर नयाँ ऐनको प्रावधानअनुसार फेरि थप चार वर्षका लागि नेपाली खेलकुदको नेतृत्व गर्ने कार्यकारी जिम्मेवारी सिलवालले पाएका छन्।

पहिलो कार्यकाल समयका हिसाबले २५ प्रतिशतमै छोट्टियो। तर, सिलवाल आफ्ना गरेका बाचा र खेलकुद जगतको विश्वास पूरा गर्नेमा खरो उत्रिए।

दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणलाई उनले चौथोपटक मिति परिवर्तन हुन दिएनन्। असम्भव झैँ मानिएको साग आयोजना उनले नियुक्ति लिएको पाँच महिनामै सफलतापूर्वक सम्पन्न गरे।

नेपाल क्रिकेट संघ (क्यान) को विवाद टुंग्याएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट नेपालको निलम्बन फुकुवा गर्नुपर्ने चुनौती पनि उनले तत्काल पार लगाएका थिए।

केशवकुमार विष्ट सदस्यसचिव हुँदा राखेपले निर्वाचित क्यानको चुनावलाई मान्यता नदिई सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेपछि क्रिकेटमा विवाद बल्झिएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले क्यानको सदस्यता निलम्बन गरिदिएको थियो। त्यसकारण क्यान विवादलाई समाधान दिनुपर्ने नैतिक चुनौती उनमा बढी नै थियो।

कोरोना भाइरसको महामारीका कारण मैदानमा खेलकुद नभएको लामो समय भइसक्यो। महामारीबाट जनस्वास्थ्यलाई सुरक्षित राख्दै मैदानमा खेलकुद फर्काउनुपर्ने सबभन्दा ठूलो चुनौती अहिले सिलवालसामु छ।

१३औं साग काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न गर्ने क्रममा खण्डहरझैँ रहेका दशरथ रंगशालालगायतका भौतिक पूर्वाधारलाई अन्तर्राष्ट्रिय खेलस्थल जसरी मुहार परिवर्तन गर्नुपर्ने चुनौती पनि उनले दिनरातको मेहनतबाट पार लगाएका थिए।

दाेस्राे कार्यकालकाे याेजनाबारे गरिएकाे प्रश्नमा सिलवालले प्रतिक्रिया दिन मानेनन्। उनले पदभार ग्रहणपछि मात्रै आफ्नाे धारणा सार्वजनिक गर्ने बताए।

बक्सिङ संघ विवादको उत्कर्षमा छ। कुस्ती, करातेलगायतका संघहरू पनि विवादरहित छैनन्।

बोर्ड मात्र झुण्ड्याएर बसेका काम नगर्ने, खेलको कुनै अस्तित्व नै नभएका थुप्रै खेलसंघ खारेज गर्नुछ। वर्ष २०७७ भित्र गण्डकी प्रदेशमा नवौं बृहत् राष्ट्रिय खेलकुद महोत्सव आयोजना गर्नुछ।

साग आयोजनाको सन्दर्भमा उनले भनेका थिए, “यसपालि साग समयमै गर्नुपर्ने चुनौती सबभन्दा ठूलो थियो। यसलाई सकेसम्म भव्य र व्यवस्थितरूपमा गरिएको छ। तर म ‘पर्फेक्सन’ चाहने मानिस हुँ, जुन सागमा सम्भव भएन। ‘पर्फेक्सन’का लागि नवौं राष्ट्रिय खेलकुद कुर्नुपर्छ। त्यो खेलकुदमा खोट लगाउने ठाउँ हुने छैन।”

आफैंले बोलेको त्यो ‘पर्फेक्ट नवौं राष्ट्रिय खेलकुद’ कोरोना कहरका बीच समयमै आयोजना गर्नुपर्ने अर्को ठूलो चुनौती उनीसामु छ। अघिल्लो कार्यकालको शपथ लिँदा उनले पहिलो कार्यकालमा ‘अपारदर्शी काम मेरो कार्यकालमा हुन दिने छैन’ भन्दै दिएको अभिव्यक्तिले पनि सिलवाललाई चुनौती थपेको छ।

महालेखा परीक्षकको कार्यालयले प्रत्येक आर्थिक वर्षको अन्त्यमा प्रतिवेदन सार्वजनिक गर्दा नेपाली खेलकुदमा भएका अनियमितताका ठूलै फेहरिस्त देखिन्छ। चालू आर्थिक वर्षको अन्त्यमा महालेखाले प्रतिवेदन सार्वजनिक गर्दा खेलकुदको हिसाबकिताब चुस्त दुरूस्त भएको प्रमाण पनि उनले दिनुपर्नेछ।

१३औं सागको हिसाबकिताब अझै सार्वजनिक गरिएको छैन। अब दोस्रो कार्यकाल सुरू हुने बित्तिकै त्यतिबेलाको हिसाब पारदर्शी रूपमा प्रस्तुत गर्नुपर्नेछ।

तथापि पहिलो कार्यकालको अनुभव सिलवाललाई नेपाली खेलकुदका तमाम चुनौती पार लगाउन सहयोगी बन्न सक्छ।

विनयराज पाण्डे क्यानको अध्यक्ष हुँदा सिलवाल उपाध्यक्ष थिए। २०७२ सालमा राखेपले बनाएको तदर्थ समितिमा पनि सिलवाल संयोजक थिए।

पछि आईसीसीले क्यानको सदस्यता नै निलम्बलनमा राखिदिएपछि तदर्थ समितिले राम्रोसँग काम गर्न पाएन। त्यसअघि विनयराज पाण्डेकै संयोजकत्वमा बनेको तदर्थ समितिमा पनि सिलवाल महासचिव थिए। सिलवाल धनगढी प्रिमियर लिग खेल्ने काठमाडौं गोल्डेन्सका मालिक पनि हुन्।

सिलवाल निजी कलेजहरूको छाता संगठन हिसानका पनि अध्यक्ष हुन्। मदन भण्डारी स्पोर्टस् एकेडेमीका संस्थापक सिलवालले युवा संघको उपाध्यक्ष भएर पनि काम गरेका थिए।

" /> काठमाडौं। गत वर्ष असार २३ मा पहिलोपटक राष्ट्रिय खेलकुद परिषद (राखेप) मा सदस्यसचिवका रूपमा पद तथा गोपनीयताको शपथ लिने क्रममा रमेशकुमार सिलवालले भनेका थिए, “मैले दुई तिहाइ जीवन शिर ठाडो हुने गरी बाँचेको छु। अबको जीवन त्यसैगरी जिउने छु। साग तीनपटक सरिसक्यो। अब सर्नु हुँदैन। मसँग योभन्दा राम्रा अवसर पनि आएका थिए, तर मैले यही रोजेँ। यहाँ भएका सबै चुनौती स्वीकार गरेर आएको हुँ। अपारदर्शी काम मेरो कार्यकालमा हुन दिने छैन।”

"> सिलवालले भनेजस्तै ‘पर्फेक्ट’ हाेला त दाेस्राे कार्यकाल ?: Dekhapadhi
सिलवालले भनेजस्तै ‘पर्फेक्ट’ हाेला त दाेस्राे कार्यकाल ?

प्रतिक्रिया दिनुहोस्