काठमाडौं। स्टुवार्ड ब्रोडले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि वेष्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेष्टमा इङ्ल्यान्ड बलियो स्थितिमा पुगेको छ। तेस्रो दिन सकिँदा ३९९ रनको लक्ष्य पछ्याएको भ्रमणकारी वेष्ट इन्डिज १०–२ को स्थितिमा छ। वेष्ट इन्डिजले १३७–६ को स्थितिबाट तेस्रो दिन थालेको थियो।
तेस्रो दिन थाल्दा कप्तान जसोन होल्डर २४ तथा शन डोरिचले १० रनको स्थितिमा थिए। पहिलो इनिङमा वेष्ट इन्डिजले १९७ रन बनाउँदा बाँकी सबै विकेट गुमायो। होल्डरले ४६ रन बनाए भने डोरिचले ३७ रन बनाए। रेहकिम कोर्नवालले १० रन बनाए। पहिलो इनिङमा ब्रोडले ३१ रन दिएर ६ विकेट लिए भने जेम्स एन्डरसनले २८ रन दिएर दुई विकेट लिए।
जोर्फा आर्चर र क्रिस वक्सले समान एक विकेट लिए। त्यसपछि रोरी बर्नसले ९०, डोब सिबलेले ५६ तथा कप्तान जो रुटले ६८ रन बनाएपछि इङ्ल्यान्डले २२६–२ को स्थितिमा दोस्रो इनिङ समाप्तीमा घोषणा गर्यो। ३९९ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले १० रन जोड्दा दुई विकेट गुमाइसकेको छ।
वेष्ट इन्डिजका जोन क्याम्पबेल शून्य र केमर रोच ४ रन बनाएर पवेलियन फर्किए। दुबैलाई ब्रोडले आउट गरेका थिए। शाइ होप ४ तथा क्रिग ब्रेथह्वाइट २ रनमा अविजित छन्। तीन खेलको शृंखलामा १-१ को बराबरी भएको छ।
" /> काठमाडौं। स्टुवार्ड ब्रोडले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि वेष्ट इन्डिजविरुद्धको तेस्रो तथा निर्णायक टेष्टमा इङ्ल्यान्ड बलियो स्थितिमा पुगेको छ। तेस्रो दिन सकिँदा ३९९ रनको लक्ष्य पछ्याएको भ्रमणकारी वेष्ट इन्डिज १०–२ को स्थितिमा छ। वेष्ट इन्डिजले १३७–६ को स्थितिबाट तेस्रो दिन थालेको थियो।तेस्रो दिन थाल्दा कप्तान जसोन होल्डर २४ तथा शन डोरिचले १० रनको स्थितिमा थिए। पहिलो इनिङमा वेष्ट इन्डिजले १९७ रन बनाउँदा बाँकी सबै विकेट गुमायो। होल्डरले ४६ रन बनाए भने डोरिचले ३७ रन बनाए। रेहकिम कोर्नवालले १० रन बनाए। पहिलो इनिङमा ब्रोडले ३१ रन दिएर ६ विकेट लिए भने जेम्स एन्डरसनले २८ रन दिएर दुई विकेट लिए।

">