प्रिमियर लिगको गोल्डन बुट भार्डीलाई
काठमाडौं। इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीका लागि यो सिजन २३ गोल गरेका स्टार फरवार्ड जेमी भार्डीले यो वर्षको गोल्डन बुट जितेका छन्।

यो लेस्टर सिटीका लागि सिजन ३४ खेल खेलेका भार्डीले २३ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जितेका हुन्।

यसअघि २०१५-१६ मा लेस्टरले लिग जित्दा २४ गोल गरेर पनि भार्डीले व्यक्तिगत उपाधिबाट वन्चित हुनु परेको थियो।

इङ्ल्यान्डका ३३ वर्षीय भार्डीले अक्टोबरमा साउथह्याम्टनविरूद्ध ह्याट्रिक गरेका थिए। भार्डीले यो अवार्ड जित्नका लागि २२-२२ गोल गरेका साउथह्याम्टनका ड्यानी इङ्ग्स र आर्सनलका कप्तान पिएरी एम्रिक अबामियाङलाई १ गोलले पछि पारे।

हालसम्म लेस्टरका लागि ३१२ खेल खेलेका भार्डीले १३० गोल गरिसकेका छन्।

सिजनको अन्तिम खेलमा म्यानचेस्टर युनाइटेडविरुद्ध घरेलु मैदानमा २-० ले पराजित भएको लेस्टर भने आगामी सिजन च्याम्पियन्स लिगमा छनोट हुन सकेन।

प्रतिक्रिया दिनुहोस्