काठमाडौं। नेपाली ‘क्रिकेटमा घरेलु संरचना भएन’ भन्ने गुनासो पुरानै हो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मुखमा छनोट खेल गर्नेबाहेक अन्य नियमित प्रतियोगिता तथा स्थानीयदेखि राष्ट्रियस्तरसम्म प्रतिस्पर्धाको थलो नहुँदा खेलाडी उत्पादन हुन नसकेको भन्दै क्रिकेटकर्मीले क्यानको आलोचना गर्दै आएका छन्।
चार वर्ष अघि नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निलम्बन गरिदियो। त्यसपछि भएका केही घरेलु प्रतियोगिता पनि बन्द भए। नेपालमा घरेलु क्रिकेट ठप्प भयो। तथापि केही फ्रेन्चाइज ट्वान्टी–२० लिगले नेपाली क्रिकेटलाई चलायमान राखे।
२० ओभरको क्रिकेटबाट नयाँ खेलाडी उत्पादनभन्दा पनि स्थापित खेलाडीको रोमाञ्चक प्रतिस्पर्धा अपेक्षा गरिन्छ। त्यसैले उल्लेख्य मात्रामा खेलाडी उत्पादन हुन नसकेको गुनासो कायम रहयो।
क्यानले गत वर्ष मोटामोटी क्यालेन्डर बनाए पनि अब नेपाली घरेलु क्रिकेट संरचना यस्तो हुन्छ भनेर विस्तृत खाका प्रस्तुत गर्न सकेको छैन। क्यानले प्रशान्तबिक्रम मल्लको संयोजकत्वमा प्रतियोगिता समिति बनाएको थियो। उक्त समितिले एक महिनाअघि मात्र पूर्णता पाएको छ।

नेपाली क्रिकेट टीमका पूर्व कप्तान तथा छनोट समितिका सदस्य पारस खड्काको सधै गुनासो हुन्थ्यो, ‘सीमित खेलाडीबाट टीम छनोट गर्नुपर्ने बाध्यता छ।’
पछिल्लो समय ३०/३५ जना खेलाडीको बीचबाट नेपाली राष्ट्रिय टीमको छनोट प्रतियोगिता हुँदै आएको छ। चाहे त्यो सिनियर राष्ट्रिय टीम होस या उमेर समूहको।
प्रतियोगिता समितिका संयोजक मल्ल प्रकृयागत विषयहरू टुंगो लागेका कारण अब नेपाली क्रिकेटले फड्को मार्ने बताउँछन्। तथापि उनले पनि अब नेपाली क्रिकेट घरेलु संचरना यस्तो हुन्छ भनेर ठ्याक्कै खाका पेश गर्न सकेनन्।
“चार वर्षको अवधिमा क्यानको संगठानत्मक संरचना सबै विग्रिएको थियो। आईसीसीले पनि आंशिक रुपमा मात्र निलम्बन फुकुवा गरेको थियो। अब हामीले यी सबै विषयलाई मिलाएका छौं,” मल्लले भने, “हामीले गत वर्ष एउटा क्यालेन्डर बनाएका थियौं।
त्यसअनुसार केही प्रतियोगिताको जिल्ला छनोट सुरु भएको थियो। तर कोभिड–१९ महामारीका कारण सबै रोकियो। अब त्यो क्यालेन्डरलाई निरन्तरता दिने की नयाँ प्रकृया सुरु गर्ने भनेर हामी छलफल गरिरहेका छौं।”
मल्लले यु–१६, यु–१९ तथा सिनियर टीमको प्रतियोगिता गर्ने योजना पेश गर्दै भने, “नेपाली क्रिकेट धेरै अगाडी बढ्छ।” मल्लले यु–१६, यु–१९ र सिनियर टीमको जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताए। त्यस्तै सिनियर टीमको दुई दिवसीय क्रिकेट गर्ने मल्लको योजना छ।
यु–१६ को अन्तरविद्यालय प्रतियोगिता गरेर जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने। यु–१९ को जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको कलेज प्रतियोगिता गर्ने तथा सिनियर तहमा अन्तर क्लब प्रतियोगिता गर्ने मल्लले बताए।
आईसीसीले आफ्नै मार्गनिर्देशनमा नयाँ विधान बनाई जिल्लादेखी केन्द्रसम्मको निर्वाचन गरेर क्यानको सदस्यता निलम्बन फुकुवा गरिसकेको छ। तर निर्वाचन भएको दश महिना वितिसक्दा पनि अनुभूत हुने गरी केही काम गर्न नसकेको सचिव अशोकनाथ प्याकुर्याल स्वीकार्छन्।
प्रतियोगिता समितिका संयोजक मल्लले क्यान एकेडेमी संचालनको योजनामा रहेको बताए। मल्लले थपे, “लामो समय ग्याप भएको छ। त्यसलाई प्रतियोगिता गरेरै पूर्ति गर्ने हो। क्यानले जिल्लामा मैदानको लागि पिच क्युरेटर राख्ने तथा प्रशिक्षक नियुक्त गर्ने काम गरेको छ। त्यसकारण अब जिल्लादेखि राष्ट्रिय तहसम्म क्रिकेट चलायमान हुन्छ।”

“विभिन्न परिस्थितिका कारण हामीले देखिनेगरी काम गर्न सकेका छैनौं,” क्यानका सचिव प्याकुर्यालले भने, “तर हामीले कामै नगरेको भन्ने होइन। आईसीसीले हाम्रो सदस्यता पूर्ण रुपमा फुकुवा गरेको छैन। त्यसैले यसबीचमा हामीले आईसीसीसँगको डकुमेन्टेसनका काम गरिरहेका छौं। अन्य प्रशासनिक कामहरू पनि अघि बढाएका छौं।”
आईसीसीले आफ्नै अगुवाईमा जिल्लादेखी केन्द्रसम्मको निर्वाचन सम्पन्न गरे पनि निर्वाचित क्यान नेतृत्वलाई अझै पनि खुलेर काम गर्न दिएको छैन। नेपालको निलम्बन पूर्ण रुपमा फुकुवा गरेको छैन। यद्यपी आईसीसीले क्यानलाई क्रिकेट वर्ल्डकप लिग २ प्रतियोगिता आयोजना गर्न दिएको थियो।
क्रिकेट वर्ल्डकप लिगअन्तर्गत नै नेपालले अप्रिलमा नामिबिया र जुनमा पपुवा न्युगिनीमा त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने योजना थियो। तर महामारीका कारण ती प्रतियोगिता स्थगित भएका थिए।
वेष्ट इन्डिज र इङ्ल्यान्डबीचको टेष्ट शृंखलाबाट अन्तर्राष्ट्रिय क्रिकेटले पुनरागमन गरेको छ। अब ढिलो चाडो नेपालले पनि आईसीसी क्रिकेट वर्ल्डकप लिग २ खेल्नुपर्छ। नेपाल सरकारले भदौबाट खेलकुदको प्रशिक्षण गर्न अनुमति दिएको छ। त्यसअनुसार नेपालमा पनि राष्ट्रिय टिमको अभ्यास चाँडै सुरु हुने मल्लले जानकारी गराए।
" /> काठमाडौं। नेपाली ‘क्रिकेटमा घरेलु संरचना भएन’ भन्ने गुनासो पुरानै हो। अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको मुखमा छनोट खेल गर्नेबाहेक अन्य नियमित प्रतियोगिता तथा स्थानीयदेखि राष्ट्रियस्तरसम्म प्रतिस्पर्धाको थलो नहुँदा खेलाडी उत्पादन हुन नसकेको भन्दै क्रिकेटकर्मीले क्यानको आलोचना गर्दै आएका छन्।चार वर्ष अघि नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले निलम्बन गरिदियो। त्यसपछि भएका केही घरेलु प्रतियोगिता पनि बन्द भए। नेपालमा घरेलु क्रिकेट ठप्प भयो। तथापि केही फ्रेन्चाइज ट्वान्टी–२० लिगले नेपाली क्रिकेटलाई चलायमान राखे।

">