काठमाडौं। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीच जारी टेष्ट शृखलाको विजेताले नयाँ ट्रफी पाउने भएका छन्। दुई देशबीचको विजेताले पाउने ट्रफी भिभ रिचार्ड र इयान बेथामको नामबाट नामाकरण गरिएको छ।
विजेताले पाउने ट्रफीको नाम 'रिचार्डस-बोथाम' राखिएको छ। रिचार्डस र बोथामले काउन्टी क्रिकेट सँगै खेलेका थिए भने अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिद्वन्द्वी थिए।
‘‘मैदान बाहिर हामी दाजुभाई जस्ता थियौं। हामी दुईको नाममा ट्रफीको नामाकरण भएकोमा मलाई गर्व छ,’’ रिचार्डसले भने।
रिचार्डसले १२१ टेष्टमा आठ हजार ५४० रन बनाएका थिए। जसमा १९७६ मा इङ्ल्यान्डविरुद्ध बनाएको ८२९ रन पनि सामेल छ। अलराउन्डर बोथामले ३८३ विकेट लिएका थिए। उनले १०२ टेष्टमा पाँच हजार २०० रन बनाएका थिए।
तीन टेष्ट शृंखलामा १-१ को बराबरी भएको छ। अन्तिम तथा निर्णायक टेष्ट ओल्ड ट्राफोर्डमा शुक्रबारबाट शुरू हुनेछ।
" /> काठमाडौं। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीच जारी टेष्ट शृखलाको विजेताले नयाँ ट्रफी पाउने भएका छन्। दुई देशबीचको विजेताले पाउने ट्रफी भिभ रिचार्ड र इयान बेथामको नामबाट नामाकरण गरिएको छ।विजेताले पाउने ट्रफीको नाम 'रिचार्डस-बोथाम' राखिएको छ। रिचार्डस र बोथामले काउन्टी क्रिकेट सँगै खेलेका थिए भने अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिद्वन्द्वी थिए।

">