काठमाडौं। सिरो इमोबाइलले निर्णायक गोल गरेको दिन लाजियोले गएराति इटालियन सिरी ‘ए’ मा काग्लिएरीलाई २-१ ले पराजित गरेको छ।
लुइस अल्बर्टोको पासमा इमोबाइलले खेल सकिन ३० मिनेट बाँकी छँदा उत्कृष्ट गोल गरेका थिए। यससँगै जारी सिजन लिगमा उनको गोल संख्या ३१ पुगेको छ।
ला लिगामा उनी सबभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। दोस्रो स्थानमा युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डो छन्। रोनाल्डोले ३० गोल गरेका छन्।
जियोभानी सिमोनीको गोलबाट काग्लिएरीले ४५औं मिनेटमा अग्रता लिएको थियो। दोस्रो हाफको दोस्रो मिनेटमै लाजियोका सेरगेज मिलिनकोभिच-सेभिचले बराबरी गोल फर्काएका थिए।
जितसँगै लाजियो ७२ अंकका साथ चौथो स्थानमा कायमै छ। जुन तेस्रो स्थानको इन्टर मिलानभन्दा एक अंकले कम हो भने पाँचौं स्थानको एएस रोमाभन्दा ११ अंकले माथि हो।
" /> काठमाडौं। सिरो इमोबाइलले निर्णायक गोल गरेको दिन लाजियोले गएराति इटालियन सिरी ‘ए’ मा काग्लिएरीलाई २-१ ले पराजित गरेको छ।लुइस अल्बर्टोको पासमा इमोबाइलले खेल सकिन ३० मिनेट बाँकी छँदा उत्कृष्ट गोल गरेका थिए। यससँगै जारी सिजन लिगमा उनको गोल संख्या ३१ पुगेको छ।

">