"> पीएसजी, वायर्न र युभेन्ट्स नकआउट राउण्डमा, राेड्रिगाेकाे ह्याट्रिकमा रियलकाे फराकिलाे जित: Dekhapadhi
पीएसजी, वायर्न र युभेन्ट्स नकआउट राउण्डमा, राेड्रिगाेकाे ह्याट्रिकमा रियलकाे फराकिलाे जित
काठमाडौं। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), जर्मन क्लब वायर्न म्युनिख र इटालीयन क्लब युभेन्ट्स युराेपियन च्याम्पियन्सकाे नकआउट राउण्डमा छनाेट भएका छन्।

समूह ए मा क्लब ब्रुगलाई १-० ले पराजित गरेकाे पीएसजीले लगातार चार खेल जित्दै १२ अंक जाेडेकाे हाे। पीएसजीका लागि एकमात्र गाेल माउराे इकार्डीले गरे।

यसै समूहकाे अर्काे खेलमा स्पानिस क्लब रियल मड्रिडले गालातासारेलाई ६-० काे फराकिलाे अन्तरले पराजित गर्दा १८ वर्षीय खेलाडी राेड्रिगाेले ह्याट्रिक गरे। समूहमा दाेस्राे जितपछि रियल ७ अंकसहित दाेस्राे स्थानमा छ।

यस्तै समूह बी मा वायर्नले ओलम्पियाकसलाई २-० तथा टाेटनहमले जेज्दालाई ४-० ले हरायाे।

जितपछि वायर्न चार खेलबाट १० अंक जाेडदै अघिल्लाे चरणमा छनाेट भएकाे हाे। टाेटनहमकाे भने चार खेलबाट ७ अंक छ।

समूह डी मा लाेकाेमातिभ मस्काेलाई २-१ ले हराउँदै युभेन्ट्स पनि नकआउट राउण्डमा पुगेकाे हाे। जितपछि युभेन्ट्सकाे चार खेलबाट १० अंक छ।

युभेन्ट्सलाई पछ्याइरहेकाे स्पानिस क्लब एट्लेटिकाे मड्रिड भने जर्मन क्लब वायर लेभरकुजनसँग २-१ ले पराजित भएकाे छ।

यसैगरी समूह सी अन्तर्गत म्यानचेष्ट सिटी र एटलानटाले १-१ र डाइनामाे जाग्रेब र साख्तर डाेनेस्कले ३-३ काे बराबरी खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्