काठमाडौं। तीब्र गतिका बलर जेम्स एन्डरसनले अझै पनि आफू र स्टुवार्ड ब्रोडबीचको तालमेलमा इङ्ल्यान्डको बलिङ आक्रमण बलियो हुने विश्वास व्यक्त गरेका छन्।
एन्डरसन र ब्रोडले इङ्ल्यान्डका लागि १०७८ विकेट एक आपसमा बाँडेका छन्। तर, वेष्ट इन्डिजविरुद्धको पछिल्लो दुई खेलमा एन्डरसन र ब्रोडसँगै टीममा परेका छैनन्।
३४ वर्षे ब्रोड साउथह्याम्पटनमा सम्पन्न पहिलो टेष्टमा टीममा परेका थिएनन् भने ३७ वर्षे एन्डरसन म्यानचेस्टरमा सम्पन्न दोस्रो टेष्टमा टीममा परेका थिएनन्।
“दुवै फिट भएको अवस्थामा इङ्ल्यान्डले बलियो बलिङ आक्रमण बनाउने हो भने टीममा हामी दुवैलाई राख्नुपर्छ,” एन्डरसनले भने, “मलाई लाग्दैन प्रत्येक खेलमा हामीसँगै खेल्नुपर्छ। तर भविष्यमा पनि उनीसँगै खेल्न मन छ।”
पहिलो समय जोर्फा आर्चर, मार्क उड र ओली स्टोनले टीममा प्रभाव जमाइरहेको अवस्थामा इङ्ल्यान्डका पूर्व कप्तान माइकल वनले अब ब्रोड र एन्डरसनलाई लामो समय एकै समय खेलाउन नहुने बताएका थिए।
इङ्ल्यान्डका मुख्य प्रशिक्षक क्रिस सिल्भरउडले वेष्ट इन्डिजविरुद्धको निर्णायक खेलमा बलियो बलिङ आक्रमण बनाउने बताएका थिए। वेष्ट इन्डिजविरुद्धको टेष्ट शृंखला शुक्रबारबाट सुरू हुन्छ।
एन्डरसनले शुक्रबारबाट सुरू हुने टेष्टमा पालै पालो नगरी आफू र ब्रोड एकै-पटक टीममा पर्ने विश्वास व्यक्त गरेका छन्।
साउथह्याम्पटनमा सम्पन्न पहिलो खेलमा वेष्ट इन्डिज ४ विकेटले विजयी भएको थियो भने म्यानचेस्टर मा सम्पन्न दोस्रो टेष्ट इङल्यान्डले ११३ रनले जितेको थियो।
" /> काठमाडौं। तीब्र गतिका बलर जेम्स एन्डरसनले अझै पनि आफू र स्टुवार्ड ब्रोडबीचको तालमेलमा इङ्ल्यान्डको बलिङ आक्रमण बलियो हुने विश्वास व्यक्त गरेका छन्।एन्डरसन र ब्रोडले इङ्ल्यान्डका लागि १०७८ विकेट एक आपसमा बाँडेका छन्। तर, वेष्ट इन्डिजविरुद्धको पछिल्लो दुई खेलमा एन्डरसन र ब्रोडसँगै टीममा परेका छैनन्।

">