विदुर। नुवाकोटमा लकडाउनका कारण विद्यालय जान नपाएका बालबालिकालाई पिपलटार फुटबल क्लबले निःशुल्क जुनियर फुटबल प्रशिक्षण शुरु गरेको छ।
विदुर नगरपालिका-५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० खेलाडीलाई क्लबले बुधबारबाट नियमित प्रशिक्षण दिने पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए।
अध्यक्ष पनेरुका अनुसार नुवाकोटमा फुटबल खेलको विकास, प्रवर्द्धन र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण दिन शुरु गरिएको हाे।
“क्लबले पहिलोपटक जिल्लामा निःशुल्क जुनियर फुटबल प्रशिक्षण शुरु गरेकाे छ, स्तरीय प्रतियोगिता खेल्दै राष्ट्रियस्तरको खेल खेल्ने लक्ष्यसाथ जुनियर उमेरका समूहलाई प्रशिक्षण दिइरहेको हौं,” उनले भने।
जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा प्रशिक्षक सन्तोष थापाले बिहान नियमित दुई घण्टा प्रशिक्षण दिने क्लबले जनाएको छ। रासस
" /> विदुर। नुवाकोटमा लकडाउनका कारण विद्यालय जान नपाएका बालबालिकालाई पिपलटार फुटबल क्लबले निःशुल्क जुनियर फुटबल प्रशिक्षण शुरु गरेको छ।विदुर नगरपालिका-५ स्थित पिपलटारमा निर्माणधीन मदन भण्डारी रङ्गशालामा जुनियर उमेर समूहका ३० खेलाडीलाई क्लबले बुधबारबाट नियमित प्रशिक्षण दिने पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुले जानकारी दिए।

">