काठमाडौं। चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले स्टामफोर्ड ब्रिजमा क्रिष्टियन पुलिसिकको प्रभाव इडेन हाजार्डको जस्तै भएको बताएका छन्।
बुधबार राति लिभरपुलसँग ५-३ ले पराजित भएको खेलमा पुलिसिकले बेन्चबाट आएर ७३औं मिनेटमा गोल गरेका थिए। अमेरिकाका २१ वर्षीय पुलिसिकले जारी सिजन लिगको २४ खेलमा नौ गोल गरेका छन् भने चार खेलमा अवसर सिर्जना गरिदिएका छन्।
हाजार्डले चेल्सी आएको पहिलो सिजन २०१२/१३ मा ३४ खेलमा नौ गोल गरेका थिए भने ११ गोलका लागि अवसर सिर्जना गरिदिएका थिए।
लामपार्डले पुलिसिकको प्रशंसा गर्दै चेल्सीमा पुलिसिकको प्रभाव हाजार्डको जस्तै भएको बताए। बेल्जियमका हाजार्ड गत वर्ष रियाल मड्रिड गएका थिए।
“पुलिसिक चेल्सीका महत्त्वपूर्ण खेलाडी हुन्। उनले टीममा आफ्नो प्रभाव छाड्न सफल भएका छन्,” चेल्सीका मुख्य प्रशिक्षक लामपार्डले भने, “हाजार्डको पहिलो सिजनमा म पनि चेल्सीमै थिएँ। प्रिमियर लिगमा खेल्न सजिलो छैन। हाजार्डको लागि पनि त्यस्तै थियो। पुलिसिक पनि त्यो अवस्थाबाट गुज्रिए। मध्य सिजनबाट उनले मैदानमा साँच्चिकै राम्रो प्रदर्शन गरेका छन्। लिग पुनः शुरू भएपछि पुलिसिकको प्रदर्शन अझ राम्रो भएको छ।”
पराजित भएपछि चेल्सी लिगको चौथो स्थानमा खस्किएको छ। जुन पाँचौं स्थानको लेस्टर सिटीभन्दा एक अंकले मात्र माथि हो। चेल्सीले अब लिगको अन्तिम खेल आइतबार छैटौं स्थानको उल्भरह्याम्पटनविरुद्ध खेल्नेछ।
चेल्सीले अगस्ट १ मा एफए कपको उपाधिका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ। चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा बायर्न म्युनिखविरुद्ध खेल्नेछ। बायर्नविरुद्धको पहिलो लेगमा चेल्सी ३-० ले पराजित भएको थियो।
" /> काठमाडौं। चेल्सीका प्रशिक्षक फ्रांक लामपार्डले स्टामफोर्ड ब्रिजमा क्रिष्टियन पुलिसिकको प्रभाव इडेन हाजार्डको जस्तै भएको बताएका छन्।बुधबार राति लिभरपुलसँग ५-३ ले पराजित भएको खेलमा पुलिसिकले बेन्चबाट आएर ७३औं मिनेटमा गोल गरेका थिए। अमेरिकाका २१ वर्षीय पुलिसिकले जारी सिजन लिगको २४ खेलमा नौ गोल गरेका छन् भने चार खेलमा अवसर सिर्जना गरिदिएका छन्।

">