काठमाडौं। पेनाल्टीमा मात्र गोल भएको खेलमा नेपोली गएराति पार्मासँग २-१ ले पराजित भएको छ। पराजित भएपछि नेपोलीको युरोपा लिग खेल्ने सम्भावना कमजोर बनेको छ।
पहिलो हाफको अन्तिम मिनेटमा जियानलुका काप्रारीले पेनाल्टीमा गरेको गोलबाट पार्माले अग्रता लिएको थियो। ५४औं मिनेटमा लोरेन्जो इन्साइनले पेनाल्टीमै बराबरी गोल फर्काए।
खेल सकिन तीन मिनेट बाँकी रहँदा डेजान कुलुसेभस्कीले पेनाल्टीमा गोल गरेपछि पार्माले तीन अंक पक्का गरेको थियो।
जितसँगै पार्मा ४३ अंकका साथ दशौं स्थानमा छ भने नेपोली ५६ अंकका साथ सातौं स्थानमा छ।
गएराति सम्पन्न अर्को खेलमा पाँचौं स्थानको एएस रोमाले स्पालमाथि ६-१ को विजय हासिल गर्यो। जेनोवाले साम्पडोरियालाई २-१ ले पराजित गर्दा टोरिनोले हेलास भेरोनासँग १-१ को बराबरी खेल्यो। लेसेले ब्रेसियालाई ३-१ ले पराजित गर्यो।
" /> काठमाडौं। पेनाल्टीमा मात्र गोल भएको खेलमा नेपोली गएराति पार्मासँग २-१ ले पराजित भएको छ। पराजित भएपछि नेपोलीको युरोपा लिग खेल्ने सम्भावना कमजोर बनेको छ।पहिलो हाफको अन्तिम मिनेटमा जियानलुका काप्रारीले पेनाल्टीमा गरेको गोलबाट पार्माले अग्रता लिएको थियो। ५४औं मिनेटमा लोरेन्जो इन्साइनले पेनाल्टीमै बराबरी गोल फर्काए।

">