काठमाडौं। गएराति फियोरेन्टिासँग गोलरहित बराबरी खेलेपछि इन्टर मिलानले इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।
इन्टरले बराबरी खेलेपछि ७३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। जुन शीर्ष क्लब युभेन्टसभन्दा सात अंकले पछाडि हो भने दोस्रो स्थानको एटलान्टाभन्दा एक अंकले पछाडि हो।
इन्टरले जितेको भए ७५ अंका साथ दोस्रो स्थानमा हुन्थ्यो र युभेन्टससँग दूरी पाँच अंकमा छोट्याउने थियो। तर, इन्टर बराबरी खेलेसँगै युभेन्टसले आज राति सिरी ‘ए’ को उपाधि पक्का गर्ने सम्भावना बढेको छ।
लगातार नवौं पटक लिग उपाधि जित्ने लक्ष्यमा रहेको युभेन्टसले आज राति युडिनेससँग प्रतिस्पर्धा गर्नेछ।
यभेन्टसले युडिनेसलाई पराजित गरे दोस्रो स्थानको एटलान्टालाई ९ अंकले पछि पार्ने छ। लिगमा अब तीन चरणका् खेलमात्र बाँकी छ।
एपीका अनुसार दोस्रो स्थानको एटलान्टाले सबै खेल जित्यो र युभेन्टसले सबै खेल हार्यो भने अंक बराबरी हुन्छ। तर, हेड टू हेडमा युभेन्टसले बाजी मार्नेछ।
" /> काठमाडौं। गएराति फियोरेन्टिासँग गोलरहित बराबरी खेलेपछि इन्टर मिलानले इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ।इन्टरले बराबरी खेलेपछि ७३ अंकका साथ तेस्रो स्थानमा रहेको छ। जुन शीर्ष क्लब युभेन्टसभन्दा सात अंकले पछाडि हो भने दोस्रो स्थानको एटलान्टाभन्दा एक अंकले पछाडि हो।

">