काठमाडौं। लिभरपुलका खाँटी समर्थक हुने कोप अगाडी उभिएर कप्तान जोर्डन हेन्डर्सनले इङ्लिस प्रिमियर लिगको ट्रफी उचाले। हेन्डर्सनले यसअघि कुनै कप्तानले नगरेको अनुभव गरे।
किनकी उनले तीस वर्षपछि घरेलु मैदान एनफिल्डमा लिगको उपाधि उचाल्दा रंगशाला खाली थियो। शुन्य थियो। तथापी खाली रंगशालाको छतबाट आतिशबाजी विस्फोट हुँदा रातो धुवाँले एनफिल्डको शुन्यता भने विर्साएको थियो।

लिभरपुलले १९९० पछि यस्तो मौका पाएको थिएन। तीस वर्षपछि इङ्ल्यान्डको च्याम्पियन बनेको लिभरपुलले दर्शकमाझ खुशी साट्न भने पाएन। सरकारले अन्तिम समयमा खेलाडीको परिवारमात्र रंगशाला प्रवेशको अनुमति दिएको थियो।
इङ्लिस फुटबल इतिहासमा कुनै पनि लिग विजेताले यस्तो माहोलमा उपाधि उचालेका थिएनन्। लिभरपुलले लिग उपाधि जितेको यो १९औं पटक हो। जुन कीर्तिमानी विजेता म्यानचेस्टर युनाइटेडको भन्दा एकले कम हो।
लिभरपुलले बुधबार राती चेल्सीलाई ५-३ गोलले पराजित गरेको थियो। घरेलु मैदानमा लिभरपुलको जितमा नाबी केइटा, ट्रेन्ट एलेक्जेन्डर-आर्नोल्ड, जर्जिन्हो विजनाल्डम, रोबर्टो फिर्मिनो र एलेक्स अक्सलेड चेम्बरलिनले गोल गरेका थिए।

चेल्सीका लागि ओलिभर जिरौड, टमी अब्राहम र क्रिष्टियन पुलिसिकले गोल गरेका थिए।
लिभरपुलले अन्तिम खेल न्युक्यासल युनाइटेडविरुद्ध खेल्नेछ। चौथो स्थान झरेको चेल्सीले भने अन्तिम खेल छैटौं स्थानको उल्भरह्याम्पटनविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। लिभरपुलका खाँटी समर्थक हुने कोप अगाडी उभिएर कप्तान जोर्डन हेन्डर्सनले इङ्लिस प्रिमियर लिगको ट्रफी उचाले। हेन्डर्सनले यसअघि कुनै कप्तानले नगरेको अनुभव गरे।किनकी उनले तीस वर्षपछि घरेलु मैदान एनफिल्डमा लिगको उपाधि उचाल्दा रंगशाला खाली थियो। शुन्य थियो। तथापी खाली रंगशालाको छतबाट आतिशबाजी विस्फोट हुँदा रातो धुवाँले एनफिल्डको शुन्यता भने विर्साएको थियो।

">