काठमाडौं। मासन ग्रिनउडले गरेको गोलमा म्यानचेस्टर युनाइटेडले बुधबार राति वेष्ट ह्याम युनाइटेडसँग १-१ को बराबरी खेलेको छ। बराबरीसँगै युनाइटेड इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।
लिगमा अब अन्तिम चरणको खेल बाँकी हुँदा युनाइटेड र चेल्सीको समान ६३ अंक छ। तर गोल अन्तरका आधारमा युनाइटेड तेस्रो स्थानमा रहेको हो। चौथो स्थानमा रहेको चेल्सी गएराति सम्पन्न खेलमा लिग विजेता लिभरपुलसँग ५-३ ले पराजित भएको थियो।
बराबरीसँगै युनाइटेडले तेस्रो स्थानमा स्पष्ट दुई अंकको अग्रता लिने मौका गुमाएको छ। तथापि, युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना भने जीवित बनाएको छ। युनाइटेडले अब अन्तिम खेल पाँचौं स्थानको लेस्टर सिटीविरुद्ध खेल्नेछ।
लेस्टरको ६२ अंक छ। त्यसैले युनाइटेडले च्याम्पियन्स लिगमा स्थान पक्का गर्नका लागि लेस्टरसँग कम्तीमा बराबरी खेल्नु आवश्यक छ। चेल्सीले अन्तिम खेल छैटौं स्थानको उल्भरह्याम्पटनसँग खेल्नेछ। उल्भरह्याम्पटनको ५९ अंक छ। वेष्ट ह्याम भने ३८ अंकका साथ १५औं स्थानमा छ।
पहिलो हाफको अन्तिममा मिनेटमा माइकल एन्टोनियोले पेनाल्टीमा गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिएका थिए। डेक्लान रिसेले हानेको प्रहार युनाइटेडका पाउल पोग्बाले हातले रोकेपछि वेष्ट ह्यामले पेनाल्टी अवसर पाएको थियो। ५१औं मिनेटमा एन्थोनी मार्सियालको पासमा ग्रिनउडले बराबरी गोल फर्काएका थिए।