काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि तीनजनाको नाम सिफारिस गरेको छ।

सिफारिस समितिले सदस्यसचिव पदका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाल, लिलबहादुर थापामगर र अञ्जु श्रेष्ठको नाम हिजो सिफारिस गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले ११ असारमा खेलकुद विकास ऐन २०७७ प्रमाणिकरण गरेकी थिइन्। प्रमाणीकरण गरेको सातौं दिनबाट नयाँ ऐन कार्यान्वयनमा आएको थियो।

ऐन कार्यान्वयनमा आएपछि नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) मा सदस्यसचिव लगायत राजनितिक नियुक्ति भएका पदहरू रिक्त भएका थिए।

सरकारले असार २२ गते युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई सदस्यसचिवले गर्ने कार्य गर्नका लागि जिम्मेवारी दिएको थियो।

मन्त्रालयले २६ असारमा तीनजनाको सिफारिस समित बनाई सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेको थियो।

नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयको सचिवको संयोजकत्वमा मन्त्रालयले तोकेको सम्बन्धित क्षेत्रका एकजना महिलासहित दुईजना विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति बनाउनु पर्ने प्रावधान छ।

सिफारिस समितिले एक महिलासहित तीन उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ। सिफारिस भएका व्यक्तिमध्येबाट सदस्यसचिव नियुक्ति गर्न मन्त्रालयले मन्त्रिपरिषद् समक्ष पेश गर्नेछ। मन्त्रिपरिषद्ले सदस्यसचिवको नियुक्ति गर्ने ऐनमा उल्लेख छ।

नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयले २६ असारमा सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेपछि २७ जनाले आवेदन दिएका थिए। त्यसमध्ये सिफारिस समितिले सिलवाल, थापामगर र श्रेष्ठको नाम सिफारिस गरेको हो।

सिफारिसमा परेका सिलवाल, थापामगर र श्रेष्ठ को हुन्?

रमेशकुमार सिलवाल

गोल्डेनगेट इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाललाई सरकारले गत असार २३ गते नेपाली खेलकुदको प्रमुख कार्यकारी पद सदस्यसचिवमा नियुक्त गरेको थियो। १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता गर्ने प्रमुख जिम्मेवारीसहित सिलवालले पदभार ग्रहण गरेका थिए।

गत मंसीरमा सिलवालले १३औं साग सम्पन्न गर्न सफल भएका थिए। त्यसपछि उनको चर्चा चुलिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सागमा पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा गर्ने कार्यक्रममा सिलवालको खुलेर प्रशंसा गरेका थिए।

सिलवालले शुरूमा दरखास्त दिएर आफू सदस्यसचिव नहुने बताउँदै आएका थिए। तर, पछि सिलवालले देखापढीसँग ‘अरू साथीहरूले कर गरेर दरखास्त दिएको’ बताएका थिए। त्यसकारण उनी सदस्यसचिवमा दोहोरिने आश्वासनकै कारण दरखास्त दिएको प्रष्ट छ।

केपी ओलीको विश्वास पात्र भए पनि सिलवालमाथि संगठन विस्तार गर्न नसकेको आरोप उनीमाथि छ। त्यसकारण प्रधानमन्त्री ओली निकटकै मान्छेहरू पनि सिलवाससँग रूष्ट थिए। सिलवालसँग रुष्ट भएकाहरूले ओली समूहकै मेघराज पौडेललाई सदस्यसचिव बनाउनु पर्ने भनेर लबिङ शुरू गरेका थिए।

दुवै ओली निकट भएका कारण सिलवाल र पौडेलमध्ये एकको नाम सिफारिस हुने र त्यही व्यक्ति सदस्यसचिव हुने चर्चा ओली समूहमा थियो। त्यसमा सिलवालले बाजी मारेका छन्। आज बस्ने मन्त्रिपरिषद्को बैठकले सिलवाललाई सदस्यसचिव पदमा नियुक्त गर्ने सम्भावना छ।

त्यसअघि सिलवालले नेपाल क्रिकेट संघ (क्यान) मा उपाध्यक्षका रूपमा विभिन्न कार्यकाल काम गरेका थिए। तर केशबकुमार विष्ट राखेप सदस्यसचिव हुँदा पाँच वर्षअघि सिलवाललाई अध्यक्ष बनाएर क्यानको तदर्थ समिति गठन गरेको थियो। त्यसपछि आइसीसीले क्रिकेटमा राजनीतिक हस्तक्षेप भन्दै नेपाली क्रिकेटको सदस्यता निलम्बनमा राखेको थियो।

तत्कालिन एमालेभित्रै पनि खेलकुदमा ओली गुटको अस्तित्व बलियो पार्न मदन भण्डारी स्पोर्टस एकेडेमी गठन गरी पार्टी भित्रै समानान्तर खेलकुद गतिविधि सञ्चालन गरेका थिए।

लिलबहादुर थापामगर

लिलबहादुर थापामगर नेपाल कम्युनिष्ट पाटी (नेकपा) का केन्द्रीय सदस्य हुन्। बागलुङका थापामगर तत्कालिन माओवादी केन्द्रमा पनि पोलिटब्यूरो सदस्य थिए।

नेपाल भलिबल संघमा रहेर काम गरेका थापामगर नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्। नेकपाभित्रको पछिल्लो शक्ति संघर्षका कारण थापामगरले ओलीइतर पक्षको दरिलो साथ पाउने अनुमान छ।

राजनीतिक रूपमा ओलीइतर पक्षले थापामगरलाई सदस्यसचिव बनाउन ठूलो दबाब दिएको जनाइएको छ।

अञ्जु श्रेष्ठ

तीनजनामध्ये एक महिला हुनु अनिवार्य छ। आवेदन दिने २७ मध्ये तीनजना महिला थिए। तीन महिलामध्येबाट अञ्जु श्रेष्ठको नाम सिफरिस भएको जनाइएको छ।

अञ्जु राष्ट्रिय महिला भलिबल टीमका पूर्व सदस्य हुन्। अञ्जुले आठौं र दशौं साग प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

" /> काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवका लागि तीनजनाको नाम सिफारिस गरेको छ।

"> राखेप सदस्यसचिवको दौड : सिफारिसमा परेका तीनजना को हुन् ?: Dekhapadhi
राखेप सदस्यसचिवको दौड : सिफारिसमा परेका तीनजना को हुन् ?

प्रतिक्रिया दिनुहोस्