काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित तीनजनाको नाम सिफारिस गरेको छ।

समितिले आज अञ्जु श्रेष्ठ, लिलबहादुर थापामगर र सिलवालको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको हो।

खेलकुद विकास ऐन २०७७ लागू भएपछि नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्यसचिवको पद रिक्त भएको थियो। बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले सदस्यसचिवको नियुक्ति गर्नेछ।

पुरानो ऐनमा राखेपले सदस्यसचिवलाई मुख्यसचिवको तलबमानमा २०० रूपैयाँ बढी पाउने गरी व्यवस्था गरेको थियो। नयाँ ऐनअनुसार अब नियुक्त हुने सदस्यसचिवले नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी (सचिव)ले पाउने सेवा सुविधा पाउने छ। तथापि, मन्त्रिपरिषद् बैठकले त्यसमा परिमार्जन गर्न सक्ने युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए।

सदस्यसचिव पदका लागि प्रमुख दाबेदारमध्येका रूपमा हेरिएका मेघराज पौडेलको नाम भने सिफारिस समितिको सूचीमा परेन। नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेपछि २७ जनाले आवेदन दिएका थिए।

असार १८ गतेबाट नयाँ ऐन कार्यान्वयनमा आएपछि मन्त्रालयले सचिव थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित सिफारिस समिति बनाएको थियो। सोही समितिले निवर्तमान सदस्ससचिव सिलवालसहित तीन जनाको नाम सिफारिस गरेको हो।

" /> काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित तीनजनाको नाम सिफारिस गरेको छ।

समितिले आज अञ्जु श्रेष्ठ, लिलबहादुर थापामगर र सिलवालको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको हो।

खेलकुद विकास ऐन २०७७ लागू भएपछि नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्यसचिवको पद रिक्त भएको थियो। बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले सदस्यसचिवको नियुक्ति गर्नेछ।

पुरानो ऐनमा राखेपले सदस्यसचिवलाई मुख्यसचिवको तलबमानमा २०० रूपैयाँ बढी पाउने गरी व्यवस्था गरेको थियो। नयाँ ऐनअनुसार अब नियुक्त हुने सदस्यसचिवले नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी (सचिव)ले पाउने सेवा सुविधा पाउने छ। तथापि, मन्त्रिपरिषद् बैठकले त्यसमा परिमार्जन गर्न सक्ने युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए।

सदस्यसचिव पदका लागि प्रमुख दाबेदारमध्येका रूपमा हेरिएका मेघराज पौडेलको नाम भने सिफारिस समितिको सूचीमा परेन। नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेपछि २७ जनाले आवेदन दिएका थिए।

असार १८ गतेबाट नयाँ ऐन कार्यान्वयनमा आएपछि मन्त्रालयले सचिव थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित सिफारिस समिति बनाएको थियो। सोही समितिले निवर्तमान सदस्ससचिव सिलवालसहित तीन जनाको नाम सिफारिस गरेको हो।

"> राखेप सदस्यसचिवको सेवासुविधा अब सचिव सरह, सिलवालसहित तीनजनाको नाम सिफारिस: Dekhapadhi
राखेप सदस्यसचिवको सेवासुविधा अब सचिव सरह, सिलवालसहित तीनजनाको नाम सिफारिस
काठमाडौं। युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित सिफारिस समितिले नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित तीनजनाको नाम सिफारिस गरेको छ।

समितिले आज अञ्जु श्रेष्ठ, लिलबहादुर थापामगर र सिलवालको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको हो।

खेलकुद विकास ऐन २०७७ लागू भएपछि नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सदस्यसचिवको पद रिक्त भएको थियो। बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले सदस्यसचिवको नियुक्ति गर्नेछ।

पुरानो ऐनमा राखेपले सदस्यसचिवलाई मुख्यसचिवको तलबमानमा २०० रूपैयाँ बढी पाउने गरी व्यवस्था गरेको थियो। नयाँ ऐनअनुसार अब नियुक्त हुने सदस्यसचिवले नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी (सचिव)ले पाउने सेवा सुविधा पाउने छ। तथापि, मन्त्रिपरिषद् बैठकले त्यसमा परिमार्जन गर्न सक्ने युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बताए।

सदस्यसचिव पदका लागि प्रमुख दाबेदारमध्येका रूपमा हेरिएका मेघराज पौडेलको नाम भने सिफारिस समितिको सूचीमा परेन। नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेपछि २७ जनाले आवेदन दिएका थिए।

असार १८ गतेबाट नयाँ ऐन कार्यान्वयनमा आएपछि मन्त्रालयले सचिव थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित सिफारिस समिति बनाएको थियो। सोही समितिले निवर्तमान सदस्ससचिव सिलवालसहित तीन जनाको नाम सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्