काठमाडाैं। चार वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आराेपमा ओखलढुंगाको सुनकोशी गाउँपालिकाका १३ वर्षीय बालकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
बालिकालाई गत असार ३१ गते घरमा कोही नभएको अवस्थामा घरभित्र लगेर फकाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस्तै १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रामेछाप खाँडादेवी गाउँपालिका-९ बस्ने सुरेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
ती किशोरीलाई २०७६ जेठ २७ गते मध्यपुर ठिमी नगरपालिका-४ मध्यपुर अस्पताल अगाडि मासु पसल सञ्चालन गर्ने भण्डारीले जबरजस्तीकरणी गरेकाे प्रहरीकाे भनाइ छ।
पत्रिकाको ग्राहक बनिदिन्छु भन्दै पैसा कोठामा छ भनी फकाई सूर्यविनायक नगरपालिका-४ स्थित डेरामा लगेर जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ।
जबर्जस्तीकरणी पश्चात कसैलाई भने मारी दिन्छु भनेर धाकधम्की दिएको समेत आएको खुल्न आएको नेपाल प्रहरीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
प्रहरीका अनुसार पीडित किशोरीले जबर्जस्ती करणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चुपचाप बसेको र गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिएकी थिइन्।
त्यसपछि पीडित किशोरीले महानगरीय प्रहरी वृत्त ठिमीमा २०७७ असार १४ गते जबर्जस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएकी थिइन्। जाहेरी परेपछि खोजी गर्ने क्रममा भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका-४ बस्ने दुर्गाबहादुर परियारलाई १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
सोही नगरपालिका-११, गैरीगाउँमा ती बालिकालाई आफ्नो घरमा एक्लै सुतेको अवस्थामा गत जेठ २४ गते जबर्जस्ती करणी गरेको कारण गर्भवतीसमेत भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडाैं। चार वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आराेपमा ओखलढुंगाको सुनकोशी गाउँपालिकाका १३ वर्षीय बालकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।बालिकालाई गत असार ३१ गते घरमा कोही नभएको अवस्थामा घरभित्र लगेर फकाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

">