काठमाडौं। नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदका लागि युवा तथा खेलकुद मन्त्रालयद्धारा गठित सिफारिस समितिले निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित लिलबहादुर थापामगर र अञ्जु श्रेष्ठको नाम पठाएको स्राेतले दाबी गरेकाे छ।

खेलकुद विकास ऐन २०७७ लागु भएपछि नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) मा सदस्यसचिवको पद रिक्त भएको थियो। सम्भवत बिहीबार बस्ने मन्त्रीपरिषद्को बैठकले सदस्यसचिवको नियुक्ति गर्नेछ।

सदस्यसचिव पदका लागि प्रमुख दाबेदारमध्ये एकका रुपमा हेरिएका मेघराज पौडेको नाम भने सिफरिस समितिको सूचीमा नरहेको स्रोतले बताएको छ। नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेपछि २७ जनाले आवेदन दिएका थिए।

असार १८ गतेबाट नयाँ ऐन कार्यान्वयनमा आएपछि युवा तथा खेलकुद मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौला सम्मिलित सिफरिस समिति बनाएको थियो।

ऐनअनुसार सिफरिस समितिले एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा पेश गर्नुपर्नेछ। सिफरिस भएका व्यक्तिमध्येबाट सदस्यसचिव नियुक्ति गर्न मन्त्रालयले मन्त्रिपरिषद् समक्ष नाम पेश गर्नेछ। मन्त्रिपरिषद्ले सदस्यसचिवको नियुक्ति गर्नेछ।

सिफारिस समितिले छनोट गरेको सूचीमा पर्न सफल सिलवाल २०७६ साल असार २३ गते सदस्यसचिवमा नियुक्त भएका थिए। १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता गर्ने प्रमुख जिम्मेवरीसहित सिलवालले पदभार ग्रहण गरेका थिए।

गत मंसिरमा सिलवालले १३औं साग सम्पन्न गर्न सफल भएका थिए। त्यसपछि उनको चर्चा चुलिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सागमा पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा गर्ने कार्यक्रममा सिलवालको खुलेर प्रशंसा गरेका थिए।

सिलवालले सुरुमा दरखास्त दिएर आफू सदस्यसचिव नहुने बताउँदै आएका थिए। तर पछि सिलवालले देखापढीसँग ‘अरू साथीहरूले कर गरेर दरखास्त दिएको’ बताएका थिए। उनले सदस्यसचिवमा दोहरिने विश्वासकै कारण दरखास्त दिएको बताइन्छ।

प्रधानमन्त्री ओलीको विश्वास पात्र भए पनि सिलवाललाई नेकपाका अन्य केही नेताहरुले भने खेलकुदमा पार्टीको संगठन विस्तार गर्न नसकेको आरोप लगाउने गरेका छन्। यसरी सिलवालसँग रुष्ट हुनेमा प्रधानमन्त्री ओली निकटकै मान्छेहरू पनि छन्। सिलवालसँग रुष्ट भएकाहरूले ओली समूहकै मेघराज पौडेललाई सदस्यसचिव बनाउनु पर्ने भनि लबिङ सुरु गरेका थिए।

पौडेलले तत्कालिन एमालेको भ्रातृसंगठन खेलकुद महासंघमा ओली समूहलाई बलियो बनाउन भुमिका खेलेका थिए। पौडेल नेपाल स्पोर्ट्स क्लाइम्बिङ संघका महासचिव हुन्।

दुवै ओली निकट भएका कारण सिलवाल र पौडेलमध्ये एकको नाम सिफारिस हुने र त्यही व्यक्ति सदस्यसचिव हुने चर्चा ओली समूहमा थियो। त्यसमा सिलवालले बाजी मारेको बताइएको छ।

लिलबहादुर थापामगर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुन्। थापा तत्कालिन माओवादी केन्द्रमा पनि पोलिटब्युरो सदस्य थिए। थापा नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ निकट मानिन्छन्। नेकपा भित्रको पछिल्लो शक्ति संघर्षका कारण थापाले ओलीइतर पक्षको दरिलो साथ पाउने अनुमान छ।

सिफारिस गर्ने तीन जनामध्ये एक महिला हुनु अनिवार्य छ। आवेदन दिने २७ मध्ये तीन जना महिला थिए। तीन महिलामध्येबाट अञ्जु श्रेष्ठको नाम सिफरिस भएको बताइएको छ। अञ्जु राष्ट्रिय महिला भलिबल टीमका पूर्व सदस्य हुन्। अञ्जुले आठौं र दशौं साग खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

" /> काठमाडौं। नेपाली खेलकुदको सर्वोच्च कार्यकारी पदका लागि युवा तथा खेलकुद मन्त्रालयद्धारा गठित सिफारिस समितिले निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित लिलबहादुर थापामगर र अञ्जु श्रेष्ठको नाम पठाएको स्राेतले दाबी गरेकाे छ।

"> राखेप सदस्यसचिवमा सिलवालसहित तीनजना सिफारिस: Dekhapadhi
राखेप सदस्यसचिवमा सिलवालसहित तीनजना सिफारिस

प्रतिक्रिया दिनुहोस्