काठमाडौं। इङ्ल्यान्डका बलर जोर्फा आर्चरको कोरोना भाइरस परीक्षण नेगेटिभ आएपछि वेष्ट इन्डिजविरुद्धको अन्तिम टेष्टका लागि टीममा उपलब्ध हुने भएका छन्।
स्वास्थ्य सुरक्षा प्रोटोकलको निमय उल्लङ्घन गरेपछि आर्चरलाई दोस्रो टेष्टमा टीमबाट हटाइएको थियो। २५ वर्षे आर्चर पाँच दिन आइसोलेसनमा बसेका थिए। उनी शुक्रबारबाट शुरू हुने टेष्टका लागि टीममा फर्किएका छन्।
म्यानचेस्टरमा सम्पन्न दोस्रो टेष्टमा इङ्ल्यान्ड ११३ रनले विजयी भएपछि तीन खेलको टेष्ट शृंखला १–१ को बराबरी भएको छ। साउथह्याम्पटनमा सम्पन्न पहिलो टेष्ट वेष्ट इन्डिजले ४ रनले जितेको थियो।
पहिलो टेष्ट सकिएपछि आर्चर आफ्नो घर गएका थिए। स्वास्थ्य प्रोटोकलको निमय उल्लङ्घन गरेका कारण आर्चरलाई १५ हजार पाउन्ड जरिवाना गरिएको थियो।
" /> काठमाडौं। इङ्ल्यान्डका बलर जोर्फा आर्चरको कोरोना भाइरस परीक्षण नेगेटिभ आएपछि वेष्ट इन्डिजविरुद्धको अन्तिम टेष्टका लागि टीममा उपलब्ध हुने भएका छन्।स्वास्थ्य सुरक्षा प्रोटोकलको निमय उल्लङ्घन गरेपछि आर्चरलाई दोस्रो टेष्टमा टीमबाट हटाइएको थियो। २५ वर्षे आर्चर पाँच दिन आइसोलेसनमा बसेका थिए। उनी शुक्रबारबाट शुरू हुने टेष्टका लागि टीममा फर्किएका छन्।

">