काठमाडौं। रहिम स्टर्लिङको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति वाटफोर्डलाई ४-० ले पराजित गरेको छ। पराजित वाटफोर्ड रेलिगशेन क्षेत्रमा झरेको छ। स्टर्लिङले ३१औं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। ४०औं मिनेट स्टर्लिङले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए।
स्टर्लिङलाई वाटफोर्डका क्रिष्टियन काबासेलेले फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो। स्टर्लिङको पेनाल्टी प्रहार वाटफोर्डका गोलकिपर बेन फोस्टरले रोकेका थिए। तर, रिबाउन्डमा प्राप्त बललाई स्टर्लिङले पोष्टको दिशा दिएका हुन्। ६३औं मिनेटमा फिल फोडानले तेस्रो गोल थपे।
त्यसको तीन मिनेट नबित्दै एमेरिक लापोर्टेले अर्को गोल थपेपछि सिटीले सहज विजय हासिल गर्यो । जितसँगै साविक विजेता सिटी ७८ अंकका साथ दोस्रो स्थानमा छ। हारसँगै वाटफोर्ड भने रेलिगेशन क्षेत्रमा झरेको छ। रेलिगेशन क्षेत्रभन्दा एक स्थान माथि रहेको एस्टन भिल्ला र वाटफोर्डको समान ३४ अंक छ।
रेलिगेशन क्षेत्रमै रहेको बर्नमाउथको ३१ अंक छ। यससँगै प्रिमियर लिगमा अब रेलिगेशन टुंगो अन्तिम चरणको खेलबाट लाग्ने भएको छ। अन्तिम चरणको खेलमा वाटफोर्डले आर्सनलविरुद्ध खेल्नेछ भने एस्टन भिल्लाले रेलिगेशनबाट बच्न संघर्षरत वेष्ट ह्यामविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। रहिम स्टर्लिङको दुई गोलप्रेरित म्यानचेस्टर सिटीले गएराति वाटफोर्डलाई ४-० ले पराजित गरेको छ। पराजित वाटफोर्ड रेलिगशेन क्षेत्रमा झरेको छ। स्टर्लिङले ३१औं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। ४०औं मिनेट स्टर्लिङले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए।स्टर्लिङलाई वाटफोर्डका क्रिष्टियन काबासेलेले फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो। स्टर्लिङको पेनाल्टी प्रहार वाटफोर्डका गोलकिपर बेन फोस्टरले रोकेका थिए। तर, रिबाउन्डमा प्राप्त बललाई स्टर्लिङले पोष्टको दिशा दिएका हुन्। ६३औं मिनेटमा फिल फोडानले तेस्रो गोल थपे।

">