काठमाडौं। ज्लाटन इब्राहिमोभिचले गरेको दुई गोलमा एसी मिलानले गएराति इटालियन सिरी ‘ए’ सासउलोलाई २-१ ले पराजित गरेको छ। ३८ वर्षे इब्राहिमोभिचले दुवै गोल पहिलो हाफमा गरेका थिए। १९औं मिनेटमा मिलानलाई अग्रता दिएका इब्राहिमोभिचले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता दोब्बर बनाएका थिए।
घरेलु टीम सासउलोका फ्रान्सेस्को कापुटोले ४२औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। पहिलो हाफकै अन्तिम मिनेटमा मेहदी बोउराबियाले दोस्रो पँहेलो कार्डको सामना गरेपछि सासउलोले बाँकी समय दश खेलाडीमा रहेर खेलेको थियो। तर, त्यसको फाइदा मिलानले उठाउन सकेन।
महामारीका कारण स्थगित लिग पुनः शुरू भएपछि मिलानले खेलेको ९ खेलमा यो सातौं जित हो। मिलानले बाँकी दुई खेल बराबरी खेलेको छ। जितसँगै मिलान ५९ अंकका साथ पाँचौं स्थानमा छ। सासउलो भने ४८ अंकका साथ आठौं स्थानमा छ।
" /> काठमाडौं। ज्लाटन इब्राहिमोभिचले गरेको दुई गोलमा एसी मिलानले गएराति इटालियन सिरी ‘ए’ सासउलोलाई २-१ ले पराजित गरेको छ। ३८ वर्षे इब्राहिमोभिचले दुवै गोल पहिलो हाफमा गरेका थिए। १९औं मिनेटमा मिलानलाई अग्रता दिएका इब्राहिमोभिचले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता दोब्बर बनाएका थिए।घरेलु टीम सासउलोका फ्रान्सेस्को कापुटोले ४२औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। पहिलो हाफकै अन्तिम मिनेटमा मेहदी बोउराबियाले दोस्रो पँहेलो कार्डको सामना गरेपछि सासउलोले बाँकी समय दश खेलाडीमा रहेर खेलेको थियो। तर, त्यसको फाइदा मिलानले उठाउन सकेन।
महामारीका कारण स्थगित लिग पुनः शुरू भएपछि मिलानले खेलेको ९ खेलमा यो सातौं जित हो। मिलानले बाँकी दुई खेल बराबरी खेलेको छ। जितसँगै मिलान ५९ अंकका साथ पाँचौं स्थानमा छ। सासउलो भने ४८ अंकका साथ आठौं स्थानमा छ।
">