काठमाडौं। जर्मन च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगको पछिल्लो चरणको तयारीका लागि जुलाई ३१ मा फ्रान्सेली टोली मार्सेसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
कोरोना भाइरसको महामारीका कारण स्थगनमा रहेको फुटबल मैदानमा फर्किएपछि बायर्नले जर्मन बुन्डेसलिगा र डिएफबी पोकाल (जर्मन कप)को उपाधि जितिसकेको छ। टोली च्याम्पियन्स लिग जित्दै उपाधिमा ह्याट्रिक गर्न चाहन्छ।
लिस्बनमा हुने आठ टोलीको मिनी प्रतियोगितामा छनोट हुने बायर्नको सम्भावना बलियो छ। अन्तिम १६ को पहिलो लेगमा बायर्नले चेल्सीमाथि ३–० को अग्रता लिएको छ।
बायर्नले जुलाई ४ मा बायर लेभरकुसनविरुद्धको पोकाल फाइनलयता कुनै पनि खेल खेलेको छैन।
त्यसैले अगस्ट ८ मा चेल्सीको सामना गर्नुअघि टोलीले मार्सेसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
" /> काठमाडौं। जर्मन च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगको पछिल्लो चरणको तयारीका लागि जुलाई ३१ मा फ्रान्सेली टोली मार्सेसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।कोरोना भाइरसको महामारीका कारण स्थगनमा रहेको फुटबल मैदानमा फर्किएपछि बायर्नले जर्मन बुन्डेसलिगा र डिएफबी पोकाल (जर्मन कप)को उपाधि जितिसकेको छ। टोली च्याम्पियन्स लिग जित्दै उपाधिमा ह्याट्रिक गर्न चाहन्छ।

">