काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय खेलकुद विभागले नेपालमा गत वर्ष सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ।
मंगलबार पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई क्रमैसँग सम्मान गर्ने बताए।
“आउँदो १० दिनभित्र एकल स्पर्धाका स्वर्णधारीलाई सम्मान गर्न लागेका छौं। पछि छुटेकालाई पनि सम्झन्छौं,” बस्नेतले भने।
उनका अनुसार एक स्वर्ण पदक जित्नेलाई १० हजार, दोहोरो स्वर्ण जित्नेलाई १५ हजार र चार स्वर्ण पदक जित्नेलाई २५ हजार रूपैयाँ नगदसहित सम्मान गरिने छ। गत वर्ष मंसिरमा काठमाडौं, पोखरा र जनकपुरमा सम्पन्न १३औं सागमा नेपालले ५१ स्वर्ण पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो।
" /> काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय खेलकुद विभागले नेपालमा गत वर्ष सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने भएको छ।मंगलबार पत्रकार सम्मेलनमा विभाग प्रमुख मोहनबहादुर बस्नेतले तत्काललाई एकल स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई मात्र सम्मान गर्ने र बाँकी पदक विजेता, प्रशिक्षक र व्यवस्थापकलाई क्रमैसँग सम्मान गर्ने बताए।

">