काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले इङलिस प्रिमियर लिगअन्तर्गत बुधबार वेस्ट हयामविरूद्ध हुने खेलमा दबाबमा रहेका गोलकिपर डेविड डी हियालाई मौका दिने कि नदिने विषय अझै गोप्य राखेका छन्।
आइतबार एफए कपको सेमिफाइनलमा चेल्सीसँग ३-१ ले पराजित हुँदा मेसन माउन्टको दोस्रो गोलमा डी हियाले अत्यन्तै हास्यास्पद गल्ती गरेका थिए।
जसका कारण उनी दबाबमा छन् भने सोल्सायरले पनि उनलाई वेस्ट ह्यामविरूद्धको खेलमा बेन्चमा सीमित गर्ने अनुमान गरिएको छ।
स्पेनका अन्तर्राष्ट्रिय गोलकिपरले पछिल्लो समय गरेको यो पहिलो गल्ती होइन। जसका कारण २९ वर्षे गोलकिपरमाथिको दबाब झनै थपिएको छ।
मंगलबार ओल्ड ट्राफोर्डमा भएको पत्रकार सम्मेलनमा डी हियालाई खेलाउने कि नखेलाउने भन्दै सोधिएको प्रश्नमा सोल्सायरको रूखो उत्तर थियो, “गफ गर्ने र लेख्ने तपाईंहरूको काम हो। मेरो काम वेस्ट ह्यामविरूद्धको खेलका लागि टिम तयार गर्ने हो। हामी यहाँ कुनै एक खेलाडी विशेषको बारेमा कुरा गर्न चाहन्नौं। त्यसले खेलाडीलाई दबाब सिर्जना गर्छ।”
डी हियाको विषयमा कुरा गर्न पत्रकार सम्मेलन आयोजना नगरिएको भन्दै उनले आफ्ना गोलकिपर मानसिकरूपमा तयार रहेको र अभ्यासमा राम्रो प्रदर्शन गरिरहेको बताए।
" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले इङलिस प्रिमियर लिगअन्तर्गत बुधबार वेस्ट हयामविरूद्ध हुने खेलमा दबाबमा रहेका गोलकिपर डेविड डी हियालाई मौका दिने कि नदिने विषय अझै गोप्य राखेका छन्।आइतबार एफए कपको सेमिफाइनलमा चेल्सीसँग ३-१ ले पराजित हुँदा मेसन माउन्टको दोस्रो गोलमा डी हियाले अत्यन्तै हास्यास्पद गल्ती गरेका थिए।

">