काठमाडौं। टोटेनह्यामका मिडफिल्डर इरिक डायरले २०२४ सम्म क्लबमै बस्ने गरी सम्झौता नवीकरण गरेका छन्।
२०१४ मा स्पोर्टिङ लिस्बनबाट लन्डनको क्लब आएका २६ वर्षीय डायरले अर्को वर्षसम्मको सम्झौतालाई थप तीन वर्षका लागि नवीकरण गरेका हुन्।
“टोटेनह्याममा म खुसी छु। त्यसैले यहीँ निरन्तरता दिन चाहन्छु। यही क्लबमा भए पनि आउँदा दिनको मेरो यात्रा नयाँ हुनेछ,” सेन्टर ब्याक पोजिसनमा पनि उत्तिकै प्रभावकारी प्रदर्शन गर्न सक्ने डायरले भने, “यही क्लबका कारण मैले इङल्यान्डको टोलीमा अवसर पाएको हुँ। म अझै राम्रो समय टोटेनह्याममा बिताउन चाहन्छु।”
टोटेनह्यामबाट प्रिमियर लिगलगायत अन्य उपाधि जित्ने लक्ष्य पूरा गर्नका लागि आगामी दिन केन्द्रित गर्ने उनले बताए।
“हामीले पछिल्ला वर्षहरूमा राम्रो फुटबल खेलिरहेका छौं। तर अब हामीलाई प्रिमियर लिग र अन्य ठूला उपाधिको खाँचो छ। टोटेनह्यामको टिमबाट म उपाधि जित्न चाहन्छु,” उनले भने, “कुनै दिन यो क्लब छोड्ने बेला आउँदा ‘मैले उपाधि जित्ने लक्ष्य पूरा गरेँ’ भन्न सक्ने अवस्था आओस भन्ने चाहन्छु।”
टोटेनह्यामका लागि डायरले २३९ खेल खेल्दै ११ गोल गरेका छन्।
" /> काठमाडौं। टोटेनह्यामका मिडफिल्डर इरिक डायरले २०२४ सम्म क्लबमै बस्ने गरी सम्झौता नवीकरण गरेका छन्।२०१४ मा स्पोर्टिङ लिस्बनबाट लन्डनको क्लब आएका २६ वर्षीय डायरले अर्को वर्षसम्मको सम्झौतालाई थप तीन वर्षका लागि नवीकरण गरेका हुन्।

">