काठमाडौं। गाबोनका स्ट्राइकर पिरे इमेरिक औबामेयाङका लागि आर्सनल सबभन्दा उत्तम स्थान भएको बताउँदै प्रशिक्षक मिकेल आर्टेटाले उनी इमिरेट्समै बस्ने विश्वास व्यक्त गरेका छन्।
आर्सनलसँग औबामेयाङको सम्झौताअवधि १२ महिना बाँकी छ।
सम्झौता नवीकरणको विषयमा दुई पक्षबीच भइरहेको कुराकानीका आधारमा पनि उनले टोली नछोड्ने विश्वास गर्न सकिने आर्टेटाले बताए।
म्यानचेस्टर सिटीलाई शनिबार २-० को नतिजामा हराउँदै एफए कपको फाइनलमा स्थान सुरक्षित गर्दा आर्सनलका लागि दुवै गोल बोरुसिया डर्टमण्डका पूर्व फरवार्ड ३१ वर्षे औबामेयाङले गरेका थिए।
आर्सनललाई युरोपेली फुटबलको महारथीका रूपमा पुनर्स्थापित गर्ने आर्टेटाको योजनामा औबामेयाङको भूमिका महत्त्वपूर्ण छ।
“उनी यहाँ खुसी छन्। क्लबलाई माथिल्लो उचाइमा पुर्याउने योजनासँग उनको सहमति छ र त्यसमा उनको भूमिका महत्त्वपूर्ण छ,” आर्टेटाले भने, “क्लबमा सबैजनाले र समर्थकले उनलाई कति माया गर्छन् भन्ने विषयमा पनि औबामेयाङ राम्ररी जानकार छन्। उनले पनि आफूलाई यो क्लबको टोलीबाट विकास गरिरहेका छन्।”
" /> काठमाडौं। गाबोनका स्ट्राइकर पिरे इमेरिक औबामेयाङका लागि आर्सनल सबभन्दा उत्तम स्थान भएको बताउँदै प्रशिक्षक मिकेल आर्टेटाले उनी इमिरेट्समै बस्ने विश्वास व्यक्त गरेका छन्।आर्सनलसँग औबामेयाङको सम्झौताअवधि १२ महिना बाँकी छ।

">