काठमाडौं। तीव्र गतिका बलर मोहम्मद आमिर इङल्यान्डविरूद्धको शृंखलाका लागि पाकिस्तानी टोलीमा उपलब्ध हुने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले जनाएको छ।
दोस्रो सन्तान जन्माउने तयारीमा रहेकी श्रीमतीसँग रहनका लागि भन्दै आमिरले केही समयअघि आफू इङल्यान्डविरूद्धको शृंखलाका लागि उपलब्ध नहुने बताएका थिए। तर, पाँच दिनअघि छोरीको जन्म भएपछि उनले आफ्नो निर्णय परिवर्तन गरेका थिए।
टिममा फर्किनका लागि उनले कोरोना भाइरसको परीक्षण गराइसकेका छन्।
“हामीले प्रक्रियाअनुसार सोमबार आमिर र मोहम्मद इमरानको कोरोना भाइरस परीक्षण गराएका छौं। अब उनीहरू इङल्यान्ड भ्रमणमा निस्कनका लागि दुई वटा नेगेटिभ रिपोर्ट आवश्यक छ,” पीसीबीको विज्ञप्तिमा भनिएको छ, “उनीहरूको पहिलो परीक्षणमा नेगेटिभ रिपोर्ट आयो भने बुधबार लाहोरमा दोस्रो टेस्ट गरिनेछ। दोस्रो टेस्टको पनि नेगेटिभ रिपोर्ट आए उनीहरू टिममा समावेश हुनेछन्।”
पाकिस्तानी टोली अहिले डर्बीमा रहेर अभ्यास खेल खेलिरहेको छ। टोली अगस्ट १ मा म्यानचेस्टर पुग्नेछ। अगस्ट ४ बाट पहिलो टेस्ट शुरू हुनेछ।
" /> काठमाडौं। तीव्र गतिका बलर मोहम्मद आमिर इङल्यान्डविरूद्धको शृंखलाका लागि पाकिस्तानी टोलीमा उपलब्ध हुने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले जनाएको छ।दोस्रो सन्तान जन्माउने तयारीमा रहेकी श्रीमतीसँग रहनका लागि भन्दै आमिरले केही समयअघि आफू इङल्यान्डविरूद्धको शृंखलाका लागि उपलब्ध नहुने बताएका थिए। तर, पाँच दिनअघि छोरीको जन्म भएपछि उनले आफ्नो निर्णय परिवर्तन गरेका थिए।

">