काठमाडौं। रियाल मड्रिडमा गारेथ बेलको भविष्य अनिश्चित रहेको चर्चा चले पनि वेल्सका फरवार्ड सान्टियागो बेर्नाबेउ छोडेर कतै नजाने उनका एजेन्ट जोनाथन बार्नेटले बताएका छन्।

रियालले जारी सिजनमा चिर प्रतिद्वन्द्वी बार्सिलोनाबाट स्पेनिस ला लिगाको उपाधि खोस्दा बेलले टोलीमा महत्त्व पाएका थिएनन्।

कोरोना भाइरस महामारीका कारण तीन महिना रोकिएर २०१९-२० को सिजन शुरू भएयता उनले दुई खेलमा मात्र मैदान उत्रिने मौका पाएका थिए।

जारी सिजनमा कूल १६ खेलमा मैदान उत्रिएका बेललाई प्रशिक्षक जिनेदिन जिदानले आइतबार लेगानेसविरुद्धको अन्तिम खेलमा बेन्चमै सीमित गरेका थिए। पछिल्लो समय बेलको व्यवहार रियालभित्र आलोचनाको घेरामा पर्दै आएको छ।

बढीभन्दा बढी समय मैदानमा बिताउनकै लागि संघर्षरत रहे पनि सान्टियागो बेर्नाबेउ छोड्ने बेलको कुनै योजना नरहेको बार्नेटले बताए।

पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानसँग उनको सम्बन्ध राम्रो नभएको चर्चा छ। तथापि, बाहिर चर्चा भएजस्तो उनीहरूबीच सम्बन्ध नराम्रो नभएको बार्नेटले बताए।

“बेल यहाँ खुशी छन्। रियालसँग उनको सम्झौताका दुई वर्ष बाँकी छन्,” बार्नेटलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, “उनलाई मड्रिडको जीवनशैली मन पर्छ र उनी कतै जाँदै छैनन्। रियालको टिममा उनलाई कुनै समस्या छैन। बाँकी निर्णय गर्ने काम प्रशिक्षकको हो।”

२०१३ मा टोटेनह्यामबाट रियाल आएयता बेलले टोलीका लागि १०० भन्दा बढी गोल गरिसकेका छन्। रियालबाट चार पटक च्याम्पियन्स लिग तथा दुई पटक घरेलु ला लिगाको उपाधि जितेका छन्।

तर पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानसँग उनको सम्बन्ध राम्रो नभएको चर्चा छ। तथापि, बाहिर चर्चा भएजस्तो उनीहरूबीच सम्बन्ध नराम्रो नभएको बार्नेटले बताए।

“उनीहरूबीच कुनै समस्या छैन। जिदानले बेललाई धेरै समय खेलाउन चाहेका छैनन्, तर बेल अभ्यासमा सधै सामेल भइरहेका छन्। उनीहरूबीच राम्रो सम्बन्ध छ र बेलको मिहेनतबाट जिदान प्रभावित छन्,” उनले भने। एजेन्सी

" /> काठमाडौं। रियाल मड्रिडमा गारेथ बेलको भविष्य अनिश्चित रहेको चर्चा चले पनि वेल्सका फरवार्ड सान्टियागो बेर्नाबेउ छोडेर कतै नजाने उनका एजेन्ट जोनाथन बार्नेटले बताएका छन्।

रियालले जारी सिजनमा चिर प्रतिद्वन्द्वी बार्सिलोनाबाट स्पेनिस ला लिगाको उपाधि खोस्दा बेलले टोलीमा महत्त्व पाएका थिएनन्।

कोरोना भाइरस महामारीका कारण तीन महिना रोकिएर २०१९-२० को सिजन शुरू भएयता उनले दुई खेलमा मात्र मैदान उत्रिने मौका पाएका थिए।

जारी सिजनमा कूल १६ खेलमा मैदान उत्रिएका बेललाई प्रशिक्षक जिनेदिन जिदानले आइतबार लेगानेसविरुद्धको अन्तिम खेलमा बेन्चमै सीमित गरेका थिए। पछिल्लो समय बेलको व्यवहार रियालभित्र आलोचनाको घेरामा पर्दै आएको छ।

बढीभन्दा बढी समय मैदानमा बिताउनकै लागि संघर्षरत रहे पनि सान्टियागो बेर्नाबेउ छोड्ने बेलको कुनै योजना नरहेको बार्नेटले बताए।

पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानसँग उनको सम्बन्ध राम्रो नभएको चर्चा छ। तथापि, बाहिर चर्चा भएजस्तो उनीहरूबीच सम्बन्ध नराम्रो नभएको बार्नेटले बताए।

“बेल यहाँ खुशी छन्। रियालसँग उनको सम्झौताका दुई वर्ष बाँकी छन्,” बार्नेटलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, “उनलाई मड्रिडको जीवनशैली मन पर्छ र उनी कतै जाँदै छैनन्। रियालको टिममा उनलाई कुनै समस्या छैन। बाँकी निर्णय गर्ने काम प्रशिक्षकको हो।”

२०१३ मा टोटेनह्यामबाट रियाल आएयता बेलले टोलीका लागि १०० भन्दा बढी गोल गरिसकेका छन्। रियालबाट चार पटक च्याम्पियन्स लिग तथा दुई पटक घरेलु ला लिगाको उपाधि जितेका छन्।

तर पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानसँग उनको सम्बन्ध राम्रो नभएको चर्चा छ। तथापि, बाहिर चर्चा भएजस्तो उनीहरूबीच सम्बन्ध नराम्रो नभएको बार्नेटले बताए।

“उनीहरूबीच कुनै समस्या छैन। जिदानले बेललाई धेरै समय खेलाउन चाहेका छैनन्, तर बेल अभ्यासमा सधै सामेल भइरहेका छन्। उनीहरूबीच राम्रो सम्बन्ध छ र बेलको मिहेनतबाट जिदान प्रभावित छन्,” उनले भने। एजेन्सी

"> बेलले रियाल छोड्दैनन् : एजेन्ट: Dekhapadhi
बेलले रियाल छोड्दैनन् : एजेन्ट
काठमाडौं। रियाल मड्रिडमा गारेथ बेलको भविष्य अनिश्चित रहेको चर्चा चले पनि वेल्सका फरवार्ड सान्टियागो बेर्नाबेउ छोडेर कतै नजाने उनका एजेन्ट जोनाथन बार्नेटले बताएका छन्।

रियालले जारी सिजनमा चिर प्रतिद्वन्द्वी बार्सिलोनाबाट स्पेनिस ला लिगाको उपाधि खोस्दा बेलले टोलीमा महत्त्व पाएका थिएनन्।

कोरोना भाइरस महामारीका कारण तीन महिना रोकिएर २०१९-२० को सिजन शुरू भएयता उनले दुई खेलमा मात्र मैदान उत्रिने मौका पाएका थिए।

जारी सिजनमा कूल १६ खेलमा मैदान उत्रिएका बेललाई प्रशिक्षक जिनेदिन जिदानले आइतबार लेगानेसविरुद्धको अन्तिम खेलमा बेन्चमै सीमित गरेका थिए। पछिल्लो समय बेलको व्यवहार रियालभित्र आलोचनाको घेरामा पर्दै आएको छ।

बढीभन्दा बढी समय मैदानमा बिताउनकै लागि संघर्षरत रहे पनि सान्टियागो बेर्नाबेउ छोड्ने बेलको कुनै योजना नरहेको बार्नेटले बताए।

पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानसँग उनको सम्बन्ध राम्रो नभएको चर्चा छ। तथापि, बाहिर चर्चा भएजस्तो उनीहरूबीच सम्बन्ध नराम्रो नभएको बार्नेटले बताए।

“बेल यहाँ खुशी छन्। रियालसँग उनको सम्झौताका दुई वर्ष बाँकी छन्,” बार्नेटलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, “उनलाई मड्रिडको जीवनशैली मन पर्छ र उनी कतै जाँदै छैनन्। रियालको टिममा उनलाई कुनै समस्या छैन। बाँकी निर्णय गर्ने काम प्रशिक्षकको हो।”

२०१३ मा टोटेनह्यामबाट रियाल आएयता बेलले टोलीका लागि १०० भन्दा बढी गोल गरिसकेका छन्। रियालबाट चार पटक च्याम्पियन्स लिग तथा दुई पटक घरेलु ला लिगाको उपाधि जितेका छन्।

तर पछिल्लो समय प्रशिक्षक जिनेदिन जिदानसँग उनको सम्बन्ध राम्रो नभएको चर्चा छ। तथापि, बाहिर चर्चा भएजस्तो उनीहरूबीच सम्बन्ध नराम्रो नभएको बार्नेटले बताए।

“उनीहरूबीच कुनै समस्या छैन। जिदानले बेललाई धेरै समय खेलाउन चाहेका छैनन्, तर बेल अभ्यासमा सधै सामेल भइरहेका छन्। उनीहरूबीच राम्रो सम्बन्ध छ र बेलको मिहेनतबाट जिदान प्रभावित छन्,” उनले भने। एजेन्सी

प्रतिक्रिया दिनुहोस्