काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आफ्नै अग्रसरतामा नेपाल क्रिकेट संघको निर्वाचन गरेपछि कोमामा रहेको नेपाली क्रिकेटले गति लिने अनुमान गरिएको थियो।
क्यानको निर्वाचन सम्पन्न भएको १० महीना लागिसकेको छ। तर, क्यानले अहिलेसम्म उल्लेख्य केही काम गर्न सकेको छैन। जसका कारण गत दशैं अगाडिको निर्वाचनबाट उत्साहित भएका नेपाली क्रिकेटप्रेमी अर्को दशैं नआउँदै निराश बन्न थालेका छन्।
निर्वाचित क्यानसँग काम गर्न नसक्नुका धेरै बहाना होलान्। तर बहाना गरेरै उम्कने सुविधा भने क्यानसँग छैन। १० महीनाको अवधिमा केही समितिलाई पूर्णता दिनुबाहेक ठोस काम क्यानले गर्न सकेको छैन।
सरकारी हस्तक्षेप र निष्पक्ष चुनाव नभएको भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले क्यानको सदस्यता निलम्बन गरेपछि झन्डै साढे तीन वर्ष नेपाली क्रिकेट प्रशासनिक रूपमा कोमामा गएको थियो।
त्यसमा बीचमा आइसीसीले नेपाली क्रिकेट टीमको प्रशासनिक जिम्मा आफै लियो। नेपाललाई पठाउनु पर्ने ‘फण्ड’ आफैले राख्यो। यहाँसम्म की नेपालमा भएको प्रतियोगिताको टिकट समेत आफै बेच्यो।
त्यतिबेलादेखी रोकिएको क्यानको फण्ड अझै रोक्का नै छ। त्यो फण्ड कहिले आउँछ अझै टुंगो छैन। आइसीसीबाट कति रकम आउँछ भन्ने पनि स्वयम क्यान पदाधिकारीहरुलाई थाहा छैन।
“प्रतियोगिता आयोजनाको व्यस्तता तथा कोभिड–१९ महामारीको प्रभावलाई बहाना बनाए पनि क्यानलाई योजना बनाउन कुनै रोकतोक थिएन। त्यसमा पनि क्यान चुकेको छ। जसका कारण क्यानले आइसीसीको मात्र होइन नेपालमै पनि सरकारी निकायको विश्वास जित्न सकेको छैन,” राष्ट्रिय टोलीका एक खेलाडीले भने।
“त्यतिबेला आइसीसी आफैले नेपाली टीमको व्यवास्थापन गरेका कारण कति रकम खर्च भएको छ, कति बाँकी छ भन्ने हामीलाई थाहा छैन,” नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले भने, “अब नयाँ फन्ड भने हामीले पठाएको योजनाअनुसार आउँछ।”
तथापी क्यान पदाधिकारीले आइसिसीबाट खेलाडीको तलब तथा प्रतियोगिताहरूको लागि भने आवश्यक पैसा पाइरहेको बताएका छन्। यसका साथै वर्ष २०२० देखिको ग्राण्टवापत पाउनुपर्ने रकम भने आइसीसीले पठाउनेमा क्यान अध्यक्षल चन्द विश्वस्त छन्।
१० महीनाको अवधिमा क्यानले आफू मातहतका केही समितिलाई पुर्णता दिनुबाहेक तेह्रौ दक्षिण एशियाली खेलकुद (साग) तथा आइसीसी क्रिकेट वर्डकप लिग २ आयोजना गर्यो। त्यससँगै महाप्रबन्धक, फाइनान्स म्यानेजर, मुख्य प्रशिक्षक र क्रिकेट व्यवस्थापक नियुक्त गर्न क्यानले अझै सकेको छैन।
घरेलु क्रिेकटको संरचना, खेलाडीको बर्गिकरण, नयाँ प्रशिक्षक नियक्ती जस्ता अन्य महत्वपूर्ण काममा पनि क्यान चुकेको छ। त्यही कारण आइसिसीबाट पाउनैपर्ने सहयोग पनि अहिलेसम्म आउन नसकेको खेलाडीहरूको बुझाई छ।

२८ मंसीर २०७२ मा सम्पन्न क्यानको निर्वाचनमा चन्द अध्यक्ष पदमा निर्वाचित भएका थिए। तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्यसचिव केशवकुमार बिष्टले चुनाव विधिसम्मत नभएको भन्दै २०७२ साल पुस २३ गते रमेशकुमार सिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेका थिए।
त्यहाँबाट शुरू भएको विवाद बढ्दै जाँदा आइसीसीले सरकारी हस्तक्षेप र निस्पक्ष चुनाव हुन नसकेको भन्दै क्यानको सदस्यता निलम्बनमा राखिदिएको थियो। जुन अझै पनि पुर्ण रुपमा खुलिसकेको छैन।
साढे तीन वर्षको माथापच्चीपछि आइसिसीले आफ्नै रोडम्यापमा नयाँ विधानअनुसार गत असोजमा क्यानको विशेष साधारण सभामार्फत नयाँ केन्द्रीय नेतृत्व चुनेको थियो।
काठमाडौंमा १७ केन्द्रीय समितिका लागि भएको चुनावमा चन्द समूहले क्लिन स्विप गरेको थियो। प्रत्यासी विनयराज पाण्डे समूह झिनो मतमा सीमित भयो।
“आइसीसीले आफैले निर्वाचित गरेको क्यान नेतृत्वलाई दश महीना वितिसक्दा पनि ‘पर्ख र हेर’को स्थितिबाट व्यवहार गरिरहेको छ। आइसिसीसामु अब नेपाली क्रिकेटलाई झुलाएर राख्ने सुविधा छैन,” क्यानका एक पदाधिकारीले भने, “क्यानको विधान बनाउनेदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको चुनाव आइसिसीकै प्रत्यक्ष नेतृत्वमा भएको छ। त्यसैले संघ स्वायत्तताको वकालत गर्ने आइसीसीले पनि सदस्य राष्ट्रमा सधै प्रत्यक्ष हस्तक्षेप गर्नु उचित हुदैन।”
" /> काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आफ्नै अग्रसरतामा नेपाल क्रिकेट संघको निर्वाचन गरेपछि कोमामा रहेको नेपाली क्रिकेटले गति लिने अनुमान गरिएको थियो।क्यानको निर्वाचन सम्पन्न भएको १० महीना लागिसकेको छ। तर, क्यानले अहिलेसम्म उल्लेख्य केही काम गर्न सकेको छैन। जसका कारण गत दशैं अगाडिको निर्वाचनबाट उत्साहित भएका नेपाली क्रिकेटप्रेमी अर्को दशैं नआउँदै निराश बन्न थालेका छन्।

">