काठमाडौं। युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गएराति इटालियन सिरी ‘ए’ लाजियोविरुद्ध दुई गोल गर्दै यूरोपका तीन वटा ठूला लिगमा ५० गोल गर्ने कीर्तिमान बनाएका छन्।
रोनाल्डोले दोस्रो हाफमा तीन मिनेटको अन्तरालमा गरेको दुई गोलमा युभेन्टसले लाजियोलाई २-१ ले हराएको थियो। जितसँगै युभेन्टस लगातार नवौं लिग जित्ने लक्ष्यनजिक पुगेको छ।
यससँगै रोनाल्डो इङ्लिस प्रिमियर, स्पेनिस ला लिगा र सिरी ‘ए’ गरी यूरोपका तीनै ठूला लिगमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन्। सिरी ‘ए’ ५१ गोल गरेका रोनाल्डोले प्रिमियर लिगमा ८४ तथा ला लिगामा ३११ गोल गरेका थिए।
‘‘कीर्तिमान सधै महत्वपूर्ण हुन्छ तर त्यो भन्दा टीमले जित्नु धेरै महत्वपूर्ण हो,’’ रोनाल्डोले भने।
रोनाल्डो जारी सिजन सिरी ‘ए’ ३० गोल गरिसकेका छन्। धेरै गोल गर्नेमा रोनाल्डो र इमोबाइल छन्। दुबैले समान ३० गोल गरेका छन्।
" /> काठमाडौं। युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले गएराति इटालियन सिरी ‘ए’ लाजियोविरुद्ध दुई गोल गर्दै यूरोपका तीन वटा ठूला लिगमा ५० गोल गर्ने कीर्तिमान बनाएका छन्।रोनाल्डोले दोस्रो हाफमा तीन मिनेटको अन्तरालमा गरेको दुई गोलमा युभेन्टसले लाजियोलाई २-१ ले हराएको थियो। जितसँगै युभेन्टस लगातार नवौं लिग जित्ने लक्ष्यनजिक पुगेको छ।

">