काठमाडौं। जस्तोजुकै स्वरूपको क्रिकेट होस, जस्तोसुकै वातावरण होस, बेन स्टोक्सले इङ्ल्यान्ड क्रिकेट टीमका लागि ‘म्यान विनिङ’ प्रदर्शन गर्दै आएका छन्। पछिल्लो समय स्टोक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डले वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा ११३ रनको विजय हासिल गरेको छ। यो जितसँगै तीन खेलको टेष्ट शृंखलामा इङ्ल्यान्डले १–१ को बराबरी गरेको छ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा विजय हासिल गरेसँगै कप्तान जो रुटले स्टोक्सलाई ‘मिस्टर इनक्रेडिबल’को उपमा दिएका छन्।स्टोक्सले पहिलो इनिङमा १७६ रन बनाएका थिए। उनले दोस्रो इनिङमा आक्रमक ब्याटिङ गर्दै ५७ बलमा अविजित ७८ रन बनाए। स्टोक्सले आक्रमक ब्याटिङ गरेपछि इङ्ल्यान्डले १२९–३ को स्थितिमा दोस्रो इनिङ समाप्तीको घोषणा गर्यो। भ्रमणकारी वेष्ट इन्डिजले जितका लागि ३१२ रनको लक्ष्य पायो।

भ्रमणकारी वेष्ट इन्डिजले १५ ओभर खेलेर ३७ रन बनाउँदा चार विकेट गुमाइसकेको थियो। त्यसपछि शमरह ब्रुक्स र जर्माइन ब्ल्याकउडले पाँचौं विकेटका लागि एक सय रनको साझेदारी गर्दै वेष्ट इन्डिजको सम्भावना कायम राखेका थिए। ५५ रन बनाएका ब्ल्याकउडलाई स्टोक्सले पवेलियनको बाटो देखाएपछि खेल इङ्ल्यान्डको पक्षमा गयो। वेष्ट इन्डिजले थप ६१ रन जोड्दा बाँकी विकेट गुमायो। ब्रुक्सले ६२ रन जोडे भने कप्तान जसोन होल्डरले ३५ रन बनाए।
इङ्ल्यान्डका स्टुवार्ड ब्रोडले तीन विकेट लिए भने क्रिस वक्स, डोम बेस र स्टोक्सले समान दुई विकेट लिए। साम कुरानको नाममा एक विकेट रह्यो। स्टोक्सले पहिलो इनिङमा पनि एक विकेट लिएका थिए। ब्रोड र वक्सले पहिलो इनिङमा समान तीन विकेट लिएका थिए।
" /> काठमाडौं। जस्तोजुकै स्वरूपको क्रिकेट होस, जस्तोसुकै वातावरण होस, बेन स्टोक्सले इङ्ल्यान्ड क्रिकेट टीमका लागि ‘म्यान विनिङ’ प्रदर्शन गर्दै आएका छन्। पछिल्लो समय स्टोक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डले वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा ११३ रनको विजय हासिल गरेको छ। यो जितसँगै तीन खेलको टेष्ट शृंखलामा इङ्ल्यान्डले १–१ को बराबरी गरेको छ।म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा विजय हासिल गरेसँगै कप्तान जो रुटले स्टोक्सलाई ‘मिस्टर इनक्रेडिबल’को उपमा दिएका छन्।स्टोक्सले पहिलो इनिङमा १७६ रन बनाएका थिए। उनले दोस्रो इनिङमा आक्रमक ब्याटिङ गर्दै ५७ बलमा अविजित ७८ रन बनाए। स्टोक्सले आक्रमक ब्याटिङ गरेपछि इङ्ल्यान्डले १२९–३ को स्थितिमा दोस्रो इनिङ समाप्तीको घोषणा गर्यो। भ्रमणकारी वेष्ट इन्डिजले जितका लागि ३१२ रनको लक्ष्य पायो।

">