काठमाडौं। क्रिष्टियानो रोनाल्डोले तीन मिनेटको अन्तरालमा दुई गरेको दिन गएराति युभेन्टसले लाजियोलाई २-१ ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को उपाधि नजिक पुगेको छ। युभेन्टस लगातार नवौं पटक सिरी ‘ए’ उपाधि जित्ने लक्ष्यमा छ।
सिरी ‘ए’ मा चार चरणको खेल बाँकी हुँदा युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानलाई आठ तथा तेस्रो स्थानको एटलान्टालाई नौ अंकले पछि पारेको छ। हारपछि लाजियोले तेस्रो स्थानमा उक्लने मौका गुमायो।
युभेन्टसले ५१औं मिनेटमा अग्रता लिएको थियो। रोनाल्डोले हानेको प्रहार लाजियोका रक्षक बासटोसको हातमा लागेपछि भिडिओ सहायक रेफ्री (भिएआर) ले युभेन्टसलाई पेनाल्टी अवसर दिएको थियो। जसलाई रोनाल्डोले गोलमा परिणत गरे।
त्यसको तीन मिनेट नवित्दै रोनाल्डोले पाउले डिबालाको पासमा अग्रता दोब्बर बनाए। खेल सकिन सात मिनेट बाँकी छँदा सिरो इमोबाइलले पेनाल्टीमा गरेको गोलबाट लाजियोले खेलमा फर्किने संकेत गरेको थियो। तर, लाजियोले अंक खोस्न सकेन।
जारी सिजन रोनाल्डो र इमोबाइल समान ३० गोलका साथ सिरी ‘ए’ मा धेरै गोल गर्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्।
यससँगै रोनाल्डो इङ्लिस प्रिमियर, स्पेनिस ला लिगा र सिरी ‘ए’ गरी युरोपका तीनै ठूला लिगमा ५० गोल गर्ने पहिलो खेलाडी बनेका छन्। सिरी ‘ए’ ५१ गोल गरेका रोनाल्डोले प्रिमियर लिगमा ८४ तथा ला लिगामा ३११ गोल गरेका थिए।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले तीन मिनेटको अन्तरालमा दुई गरेको दिन गएराति युभेन्टसले लाजियोलाई २-१ ले पराजित गर्दै इटालियन सिरी ‘ए’ को उपाधि नजिक पुगेको छ। युभेन्टस लगातार नवौं पटक सिरी ‘ए’ उपाधि जित्ने लक्ष्यमा छ।सिरी ‘ए’ मा चार चरणको खेल बाँकी हुँदा युभेन्टसले दोस्रो स्थानको इन्टर मिलानलाई आठ तथा तेस्रो स्थानको एटलान्टालाई नौ अंकले पछि पारेको छ। हारपछि लाजियोले तेस्रो स्थानमा उक्लने मौका गुमायो।

">