आर्सनलका पूर्व मिडफिल्डर काजोरोला कतार जाने
काठमाडौं। कतारी क्लब अल सादले सोमबार आर्सनलका पूर्व मिडफिल्डर सान्टी काजोरोलालाई अनुबन्ध गरेको जनाएको छ।

अल सादले सोमबार ट्विट गर्दै स्पेनका पूर्व मिडफिल्डर काजोरोलासँग सम्झाैता पक्का भएको जनाएको छ।

कतारी क्लबले काजाेरोला चाँडै दोहा पुग्ने र क्लबसँगको औपचारिकता पूरा गर्ने जनाएको छ।

अल सादमा बार्सिलोनाका पूर्व मिडफिल्डर जाभी हर्नान्डेज प्रशिक्षक छन्।

३५ वर्षे काजोरोला अहिले भिल्लारियालबाट खेलिरहेका छन्।

यस सिजन भिल्लारियालले पाँचौं स्थानमा रहेर स्पेनिस ला लिगाको अन्त्य गरेको थियो।

निरन्तरको चोट कारण काजोरोलाले पछिल्लो समय धेरै मैदान बाहिर बसे।

प्रतिक्रिया दिनुहोस्