काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब बोरूसिया डर्टमण्डले सोमबार बर्मिङ्घम सिटीका १७ वर्षीय जुडे बेलिङ्घमलाई अनुबन्ध गरेको छ।
बेलिङ्घमले बुधबार च्याम्पियनसिपको अन्तिम खेल खेलेपछि बुन्डेसलिगा क्लबमा जानेछन्। डर्टमण्डले बेलिङ्घमसँग दुई वर्षको सम्झौता गरेको हो। डर्टमण्डमा बेलिङ्घमले २२ नम्बरको जर्सी लगाउने छन्।
इङ्ल्यान्डको यु-१७ टीमका सदस्य बेलिङ्घम भन्छन्, “युरोपकै ठूला क्लबमध्येको एक डर्टमण्डबाट खेल्न उत्साहित छु। उनीहरूले युवा खेलाडीलाई जसरी प्रोत्साहन गरेका छन्, त्यसले मेरो परिवार र मलाई निर्णय लिन सहज बनायो।”
बेलिङ्घमलाई अनुबन्ध गर्न इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएको थियो। युनाइटेडले बेलिङ्घमलाई पूर्वप्रशिक्षक एलेक्स फर्गुसनसँग पनि भेटाएका थिए।
डर्टमण्डले पछिल्ला वर्षमा इङ्ल्यान्डका युवा खेलाडी जाडोन सान्चो र क्रिष्टियन पुलिसिकलाई प्रोत्साहन गरेको थियो। डर्टमण्डले यो सिजन दोस्रो स्थानमा रहेर जर्मन बुन्डेसलिगाको अन्त्य गरेको छ।
बेलिङ्घमले १६ वर्ष १३८ दिनको उमेरमा बर्मिङ्घम सिटीबाट डेब्यू गरेका थिए। उनी क्लबको सबैभन्दा युवा खेलाडी बनेका थिए। उनले ४० लिग खेलमा चार गोल गरेका थिए।