काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले चोटबाट थलिएकी भलिबल खेलाडी प्रतिभा मालीलाई उपचारका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ। संघले राष्ट्रिय खेलाडी कल्याण कोषबाट उक्त सहयोग उपलब्ध गराएको हो।

राष्ट्रिय महिला भलिबल टाेलीकी सदस्य प्रतिभालाई नेपाल भलिबल संघले आयोजना गरेको एनभिए कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका क्रममा घुँडामा चोट लागेको थियो। प्रतिभालाई संघका अध्यक्ष दीपक श्रेष्ठ र पूर्वअध्यक्ष दिपक विष्ट र महासचिव शिवसुन्दर गोथेले चेक हस्तान्तरण गरेका थिए।

माघ १० गते घाइते भएकी प्रतिभाले अहिले फिजियोथेरापी गरिरहेकी छन्। घुँडाको शल्यक्रिया गरेकी प्रतिभालाई खेलमा पुनरागमन गर्न अझै केही समय लाग्ने देखिएको छ।

प्रतिभालाई यसअघि राष्ट्रिय खेलकुद परिषद् तथा भलिबल संघका पदाधिकारीले पनि व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका थिए।

" /> काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले चोटबाट थलिएकी भलिबल खेलाडी प्रतिभा मालीलाई उपचारका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ। संघले राष्ट्रिय खेलाडी कल्याण कोषबाट उक्त सहयोग उपलब्ध गराएको हो।

राष्ट्रिय महिला भलिबल टाेलीकी सदस्य प्रतिभालाई नेपाल भलिबल संघले आयोजना गरेको एनभिए कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका क्रममा घुँडामा चोट लागेको थियो। प्रतिभालाई संघका अध्यक्ष दीपक श्रेष्ठ र पूर्वअध्यक्ष दिपक विष्ट र महासचिव शिवसुन्दर गोथेले चेक हस्तान्तरण गरेका थिए।

माघ १० गते घाइते भएकी प्रतिभाले अहिले फिजियोथेरापी गरिरहेकी छन्। घुँडाको शल्यक्रिया गरेकी प्रतिभालाई खेलमा पुनरागमन गर्न अझै केही समय लाग्ने देखिएको छ।

प्रतिभालाई यसअघि राष्ट्रिय खेलकुद परिषद् तथा भलिबल संघका पदाधिकारीले पनि व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका थिए।

"> भलिबल खेलाडी मालीलाई खेलाडी संघकाे दुई लाख सहयोग: Dekhapadhi
भलिबल खेलाडी मालीलाई खेलाडी संघकाे दुई लाख सहयोग
काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले चोटबाट थलिएकी भलिबल खेलाडी प्रतिभा मालीलाई उपचारका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ। संघले राष्ट्रिय खेलाडी कल्याण कोषबाट उक्त सहयोग उपलब्ध गराएको हो।

राष्ट्रिय महिला भलिबल टाेलीकी सदस्य प्रतिभालाई नेपाल भलिबल संघले आयोजना गरेको एनभिए कप महिला तथा पुरुष भलिबल प्रतियोगिताका क्रममा घुँडामा चोट लागेको थियो। प्रतिभालाई संघका अध्यक्ष दीपक श्रेष्ठ र पूर्वअध्यक्ष दिपक विष्ट र महासचिव शिवसुन्दर गोथेले चेक हस्तान्तरण गरेका थिए।

माघ १० गते घाइते भएकी प्रतिभाले अहिले फिजियोथेरापी गरिरहेकी छन्। घुँडाको शल्यक्रिया गरेकी प्रतिभालाई खेलमा पुनरागमन गर्न अझै केही समय लाग्ने देखिएको छ।

प्रतिभालाई यसअघि राष्ट्रिय खेलकुद परिषद् तथा भलिबल संघका पदाधिकारीले पनि व्यक्तिगत रूपमा आर्थिक सहयोग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्