काठमाडौं। इङ्ल्यान्डविरूद्धको दोस्रो टेष्टको चौथो दिन ‘टी सेसन’पछि वेष्ट इन्डिजले ६ विकेट गुमाएपछि खेल घरेलु टीमको पकडमा गएको छ।
‘टी सेसन’सम्म २२७-४ को स्थितिमा रहेको वेष्ट इन्डिजले २८७ रन जोड्दा बाँकी सबै विकेट गुमाएको थियो। चौथो दिन सकिँदा इङ्ल्यान्ड ३७-२ को स्थितिमा छ। इङ्ल्यान्डले २१९ रनको अग्रता लिएको छ।
भ्रमणकारी टीम वेष्ट इन्डिजका केमर रोचले १४ रन दिएर दुई विकेट लिए। जेस बट्लर शून्य तथा ज्याक क्राउले ११ रनमा पवेलियन फर्किएका थिए। चौथो दिन सकिँदा बेन स्टोक्स १६ तथा जो रूट ८ रनमा अविजित छन्।
तेस्रो दिन वर्षाका कारण खेल नभएपछि वेष्ट इन्डिजले ३२-१ को स्थितिबाट चौथो दिनको शुरूआत गरेको थियो। वेष्ट इन्डिजका क्रायग ब्राथवेटले ६ तथा अलजारी जोसेफले १४ रनको स्थितिबाट चौथो दिन थालेका थिए।
ओपनर ब्राथवेटले ७५रन बनाए भने जोसेफले ३२ रन जोडे। शमरह ब्रुक्सले ६८, रोष्टन चेजले ५१ तथा शाई शोपले २५ रन बनाए।
इङ्ल्यान्डका स्टुवार्ट ब्रोड र क्रिस वक्सले समान तीन विकेट लिँदा साम कुरानले दुई विकेट लिए। डोम बेस र स्टोक्सको नाममा एक-एक विकेट रह्यो।
" /> काठमाडौं। इङ्ल्यान्डविरूद्धको दोस्रो टेष्टको चौथो दिन ‘टी सेसन’पछि वेष्ट इन्डिजले ६ विकेट गुमाएपछि खेल घरेलु टीमको पकडमा गएको छ।भ्रमणकारी टीम वेष्ट इन्डिजका केमर रोचले १४ रन दिएर दुई विकेट लिए। जेस बट्लर शून्य तथा ज्याक क्राउले ११ रनमा पवेलियन फर्किएका थिए। चौथो दिन सकिँदा बेन स्टोक्स १६ तथा जो रूट ८ रनमा अविजित छन्।

">