काठमाडौं। साउथह्याम्पटनसँग गएराति २-० ले पराजित भएपछि अर्को सिजन इङ्लिस प्रिमियर लिगमै रहने बर्नमाउथको सम्भावना कमजोर बनेको छ।
पराजित भएपछि बर्नमाउथ ३१ अंकका साथ रेलिगेशन क्षेत्रमा छ। जुन रेलिगेशनभन्दा माथि रहेको बाटफोर्डभन्दा तीन अंकले पछाडी हो।
एक खेल कम खेलेको वाटफोर्डले आज राति दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ। वाटफोर्डले सिटीसँग बराबरीमात्र खेले पनि बनमाउथ रेलिगेशनमा पर्ने पक्का हुन्छ।
बनमाउथले अन्तिम खेल एभर्टनविरुद्ध खेल्नेछ। जितसँगै साउथह्याम्पटन भने ४९ अंकका साथ ११औं स्थानमा छ।
साउथह्याम्पटनले ४१औं मिनेटमा ड्यानी इङ्सको गोलबाट अग्रता लिएको थियो। ५९औं मिनेटमा इङ्स पेनाल्टीमा गोल गर्न चुकेपछि साउथह्याम्पटनले अग्रता दोब्बर बनाउने मौका गुमाएको थियो।
इन्जुरी समयमा बर्नमाउथका साम सुरिड्जले बराबरी गोल फर्काएका थिए। तर भिडिओ सहायक रेफ्रीले उक्त गोललाई अफसाइड घोषित गरिदिएपछि बर्नमाउथको झिनो आशा सकिएको थियो।
अन्तिम समयमा चे एडमले अर्को गोल गर्दै साउथह्याम्पटनको तीन अंक पक्का गरेका थिए।
" /> काठमाडौं। साउथह्याम्पटनसँग गएराति २-० ले पराजित भएपछि अर्को सिजन इङ्लिस प्रिमियर लिगमै रहने बर्नमाउथको सम्भावना कमजोर बनेको छ।पराजित भएपछि बर्नमाउथ ३१ अंकका साथ रेलिगेशन क्षेत्रमा छ। जुन रेलिगेशनभन्दा माथि रहेको बाटफोर्डभन्दा तीन अंकले पछाडी हो।

">