काठमाडौं। एएस रोमासँग २–२ को बराबरीमा राकिएपछि इन्टर मिलानको इटालियन सिरी ‘ए’ उपाधि जित्ने झिनो आशामा धक्का लागेको छ। बराबरीसँगै इन्टर शीर्ष क्लब युभेन्टसभन्दा पाँच अंकले पछि परेको छ। साविक विजेता युभेन्टसले अझै एक खेल कम खेलेको छ। इन्टरको ७२ अंक छ भने एक खेल कम खेलेको युभेन्टसले ७७ अंक जोडेको छ।
यससँगै लगातार नवौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने युभेन्टसको आशा बलियो भएको छ। रोमा भने ५८ अंकका साथ पाँचौं स्थानमा छ। जुन छैटौं स्थानको नेपोलीभन्दा दुई अंकले माथि हो भने चौंथो स्थानको लाजियो भन्दा ११ अंकले पछाडी हो। लाजियो एक खेल कम खेलेको छ।
इन्टरले स्टेफन डी भर्जिलको गोलबाट १५औं मिनेटमा अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा लियोनार्दो स्पिनाजोलाले बराबरी गोल फर्काए। ५७औं मिनेटमा हेनरिख मिखितारियनको गोलबाट रोमाले अग्रता लियो। खेल सकिन दुई मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रोमेलु लुकाकुले बराबरी गोल गरेपछि इन्टर एक अंक जोड्न सफल भयो।
६७औं मिनेटमा लाउटारो मार्टिनेजको स्थानमा मैदान छिरेका लुकाकुले पेनाल्टीमा बरबरी गोल फर्काएका थिए।
" /> काठमाडौं। एएस रोमासँग २–२ को बराबरीमा राकिएपछि इन्टर मिलानको इटालियन सिरी ‘ए’ उपाधि जित्ने झिनो आशामा धक्का लागेको छ। बराबरीसँगै इन्टर शीर्ष क्लब युभेन्टसभन्दा पाँच अंकले पछि परेको छ। साविक विजेता युभेन्टसले अझै एक खेल कम खेलेको छ। इन्टरको ७२ अंक छ भने एक खेल कम खेलेको युभेन्टसले ७७ अंक जोडेको छ।यससँगै लगातार नवौं पटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने युभेन्टसको आशा बलियो भएको छ। रोमा भने ५८ अंकका साथ पाँचौं स्थानमा छ। जुन छैटौं स्थानको नेपोलीभन्दा दुई अंकले माथि हो भने चौंथो स्थानको लाजियो भन्दा ११ अंकले पछाडी हो। लाजियो एक खेल कम खेलेको छ।

">