काठमाडौं। एसियाली फुटबल महासंघले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले फिफा विश्वकप २०२२ को छनोट प्रतियोगिता खेल्न अब दुई महिना पनि बाँकी छैन। तर, नेपालले अझै राष्ट्रिय टीमको प्रशिक्षण गर्न सकेको छैन।
अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको असार २ गते बसेको आपत्कालीन बैठकले सम्बन्धित निकायबाट स्वीकृति लिई चाँडै राष्ट्रिय फुटबल टीमको प्रशिक्षण थाल्ने निर्णय गरेको थियो।
त्यसअनुसार एन्फाले राखेप तथा मन्त्रालयबाट स्वीकृत लिइसकेको थियो। तर, मन्त्रालयले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को नियमभित्र रहेर प्रशिक्षण सुुरू गर्नु भनेको थियो। त्यसकारण एन्फाले सीसीएमसीको स्वीकृति कुरेर बसेको थियो।
तर सीसीएमसीले पनि खेलकुद क्षेत्रको निर्णय नगर्ने भएको छ।
‘‘खेलकुद गतिविधि बन्द गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकबाट भएका कारण सीसीएमसीले निर्णय नगर्ने भयो,’’ राष्ट्रिय फुटबल टीमका व्यवस्थापक मधुसुधन उपाध्ययले देखापढीसँग भने, ‘‘भोलि बस्ने मन्त्रिपरिषद्को बैठकमा यस विषयले प्रवेश पाउने सम्भावना छ।’’
कोभिड–१९ महामारीका कारण चैत ४ गतेबाट एन्फाले सचिवालयसमेत बन्द रहने गरी सम्पूर्ण फुटबल गतिविधि बन्द गर्ने निर्णय गरेको थियो। त्यसयता नेपालको सम्पूर्ण फुटबल गतिविधि स्थगित छ।
जुन ५ मा एसियाली फुटबल महासंघले कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा हुने एसियन कप २०२३ को छनोट खेलका लागि नयाँ मिति तय गरेपछि एन्फालाई कम्तीमा राष्ट्रिय फुटबल टीमको प्रशिक्षण थाल्न दबाब परेको छ।
सरकारले असार १ गतेबाट लकडाउन (बन्दाबन्दी) खुकुलो बनाउने निर्णय गरेपछि पछिल्लो समय नेपालमै पनि एकल स्पर्धाका खेलहरूको प्रशिक्षण सुरू भएका छन्। कराते, ब्याडमिन्टन तथा क्रिकेट खेलाडीले पनि व्यक्तिगतरूपमा प्रशिक्षण सुरू गरेका छन्।
एएफसीले प्रस्ताव गरेको नयाँ तालिकाअनुसार नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेई र अक्टोबर १३ मा अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ। त्यस्तै नोभेम्बर १२ मा नेपालले जोर्डनविरुद्ध खेल्नेछ।
समूह ‘बी’ मा रहेको नेपाल तीन अंकका साथ चौथो स्थानमा छ। नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ।
समान १० अंक जोडेको कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।
दक्षिण एसियाका माल्दिभ्स र भुटानले पनि प्रशिक्षण सुरू गरिसकेका छन्। एन्फाले पनि जुलाई दोस्रो साताबाट प्रशिक्षण थाल्ने तयारी गरेको छ।
यस विषयमा नेपाली राष्ट्रिय फुटबल टीमको जुन १९ मा छलफल भएको थियो।
छनोट प्रतियोगिताको पहिलो खेलमा कुवेतसँग ७–० को नतिजामा पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो।
तेस्रो खेलमा नेपाल अस्ट्रेलियासँग ५–० ले पराजित भयो।
चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको नेपाल पाँचौं खेलमा कुवेतसँग १–० ले पराजित भएको थियो।
" /> काठमाडौं। एसियाली फुटबल महासंघले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले फिफा विश्वकप २०२२ को छनोट प्रतियोगिता खेल्न अब दुई महिना पनि बाँकी छैन। तर, नेपालले अझै राष्ट्रिय टीमको प्रशिक्षण गर्न सकेको छैन।अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको असार २ गते बसेको आपत्कालीन बैठकले सम्बन्धित निकायबाट स्वीकृति लिई चाँडै राष्ट्रिय फुटबल टीमको प्रशिक्षण थाल्ने निर्णय गरेको थियो।

">