काठमाडौं। एट्लेटिको मड्रिडका फरवार्ड जोओ फेलिक्स ला लिगाको अन्तिम खेल रियाल सोसिडाडविरुद्धको खेलमा उपस्थित हुने भएका छन्।
कुर्कुच्चामा चोट लागेका फेलिक्स टीममा पर्नेमा शंका थियो।
पोर्चुगलका फरवार्ड फेलिक्स रियाल मालोर्काविरुद्धको खेलमा घाइते भएपछि ५४औं मिनेटमा मैदान छाडेका थिए।
त्यसपछि उनले एट्लेटिको मड्रिडका तीन खेल गुमाएका थिए। उनको अनुपस्थितिमा एट्लेटिकोले रियाल सेल्टा भिगोसँग बराबरी खेल्यो भने रियाल बेटिस र गेटाफेमाथि विजय हासिल गरेको थियो।
लिगमा अन्तिम खेल बाँकी हुँदा एट्लेटिको ६९ अंकका साथ तेस्रो स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा दुई अंकले माथि भने दोस्रो स्थानको बार्सिलोनाभन्दा १० अंकले पछाडि हो।
स्पेनिस ला लिगाको उपाधि रियाल मड्रिडले पक्का गरिसकेको छ।
“फेलिक्सलाई मेडिकल टीमले ग्रिन सिंग्नल दिएको छ। उनी ला लिगामा रियाल सोसिडाडविरुद्ध खेल्न फिट छन्,” एट्लेटिको मड्रिडले २० वर्षे फेलिक्सका बारे भनेको छ।
डिएगो सिमोनीको एट्लेटिकोलाई ला लिगाको तेस्रो स्थान पक्का गर्न अन्तिम खेल जित्नैपर्छ वा चौथो स्थानको सेभियाले पनि अंक बाँड्नुपर्छ।
अर्को महिनाबाट सुुरू हुने च्याम्पियन्स लिगको खेलमा एट्लेटिकोले क्वार्टरफाइनलमा आरबी लाइपजिगविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। एट्लेटिको मड्रिडका फरवार्ड जोओ फेलिक्स ला लिगाको अन्तिम खेल रियाल सोसिडाडविरुद्धको खेलमा उपस्थित हुने भएका छन्।कुर्कुच्चामा चोट लागेका फेलिक्स टीममा पर्नेमा शंका थियो।

">