काठमाडौं। रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफू ‘विशेष’ नभई भाग्यमानी प्रशिक्षक भएको बताएका छन्।
जिदानको नेतृत्वमा रियालले यो सिजनको स्पेनिस ला लिगा उपाधि जितिसकेको छ। स्पेनिस महारथी रियालले जिदानको प्रशिक्षणमा जितेको यो ११औं उपाधि थियो।
तर, जोजे माउरिन्होले आफूलाई ‘स्पेशल वान’ उपनाम दिएजस्तो गुण आफूमा नरहेको बताए।
'म आफूलाई विशेष ठान्दिन। मेरो विचारमा रियालमा यस्ता खेलाडीहरुसँग निरन्तर रहिरहन पाउनु मेरो भाग्य हो," जिदानले भने, "यो क्लबमा प्रशिक्षकको जिम्मेवारी पाउनु पनि मेरा लागि भाग्यको कुरा हो। मैले यहाँ हरेक दिनको मज्जा लिइरहेको छु।"
रियाले ला लिगामा उपाधि जितेको यो २०१६-१७ सिजनपछि पहिलोपटक हो। क्रिस्टियानो रोनाल्डोले छोडेपछिको पहिलो घरेलु लिग उपाधि भएकाले पनि रियाल समर्थकहरुले यसलाई विशेष रूपमा लिएका छन्।
रियालका पूर्वखेलाडी जिदानले प्रशिक्षकका रूपमा नेतृत्व लिएपछि टोलीले च्याम्पियन्स लिगमा लगातार तीन सिजन उपाधि जितेर कीर्तिमान बनाएको थियो।
" /> काठमाडौं। रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफू ‘विशेष’ नभई भाग्यमानी प्रशिक्षक भएको बताएका छन्।जिदानको नेतृत्वमा रियालले यो सिजनको स्पेनिस ला लिगा उपाधि जितिसकेको छ। स्पेनिस महारथी रियालले जिदानको प्रशिक्षणमा जितेको यो ११औं उपाधि थियो।

">