काठमाडौं। एलेक्सिस सिलेमेकर्स र इस्माइल बेनाकरले उच्च फर्ममा रहेको एसी मिलानका लागि डेब्यू गोल गरेको दिन हिजो टोलीले इटालियन सिरी ‘ए’ को खेलमा बोलोग्नामाथि ५-१ को रवाफ जमाउँदै अंकतालिकाको छैटौं स्थानमा कब्जा गरेको छ।
टोलीले आफ्ना पूर्वप्रशिक्षक सिनिसा मिहाजलोभिचको बोलोग्नालाई सान सिएरोमा फराकिलो अन्तरमा हराएपछि मिलानको अपराजित यात्रा नवौं खेलसम्म लम्बिएको थियो। यो यात्राले टोलीको आगामी सिजन युरोपा लिग खेल्ने लक्ष्य बलियो बनेको छ।
सिलेमेकर्सले १९औं मिनेटमा थियो हर्नान्डेजको पासलाई गोलमा परिणत गर्दै मिलानलाई अग्रता दिलाएका थिए। मिलानको जर्सीमा उनको त्यो पहिलो गोल थियो। त्यसको १४ मिनेटपछि हाकान काल्हानोग्लुले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे।
ताकेहिरो तोमियासुले रोबर्टो सोरियानोको पासमा एक गोल फर्काउँदै मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा खेल २-१ को अवस्थामा ल्याए।
तर, दोस्रो हाफको चौथो मिनेटमै हाकान काल्हानोग्लुको पासलाई गोलमा परिणत गर्दै बेनाकरले मिलानको अग्रता ३-१ ले फराकिलो पारे।
बेनाकरको पनि मिलानको जर्सीमा यो पहिलो गोल थियो। मिलानका लागि ज्लाटान इब्राहिमोभिचको पासमा एन्टे रेबिचले ५७औं मिनेटमा चौथो गोल गरे भने राफाइल लियाओको पासमा डेविड कालाब्रियाले पाँचौं गोल गरेका थिए।
गएरातिको जितपछि मिलान ३४ खेलको समाप्तीमा ५६ अंकका साथ सिरी ‘ए’ अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। एक खेल कम खेलेको नेपोली ५३ अंकका साथ सातौं स्थानमा छ।
इटालीयन सिरी ‘ए’ बाट पाँचौं र छैटौं स्थानमा रहेर सिजनको अन्त्य गर्ने टोलीले आगामी सिजन युरोपा लिगमा सहभागिता जनाउन पाउँछन्।
" /> काठमाडौं। एलेक्सिस सिलेमेकर्स र इस्माइल बेनाकरले उच्च फर्ममा रहेको एसी मिलानका लागि डेब्यू गोल गरेको दिन हिजो टोलीले इटालियन सिरी ‘ए’ को खेलमा बोलोग्नामाथि ५-१ को रवाफ जमाउँदै अंकतालिकाको छैटौं स्थानमा कब्जा गरेको छ।टोलीले आफ्ना पूर्वप्रशिक्षक सिनिसा मिहाजलोभिचको बोलोग्नालाई सान सिएरोमा फराकिलो अन्तरमा हराएपछि मिलानको अपराजित यात्रा नवौं खेलसम्म लम्बिएको थियो। यो यात्राले टोलीको आगामी सिजन युरोपा लिग खेल्ने लक्ष्य बलियो बनेको छ।

">