काठमाडौं। ९ खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको नर्विच सिटीमाथि २-० को जित हासिल गर्दे बर्नलीले आगामी सिजन यूरोपमा खेल्ने गणितीय सम्भावना कायम राखेको छ।
इङलिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलको पहिलो हाफमै इमिलियानो बुएन्डिया र जोसिप डिर्मिचले रातो कार्ड सामना गरेपछि यसअघि नै रेलिगेसनमा परिसकेको पुछारको टोली नर्विच सिटी ९ खेलाडीमा सिमित भएको थियो।
मध्यान्तर हुन १० मिनेट बाँकी रहँदा बुइन्डियालाई रेफ्रीले भिएआरको सहयोगबाट रातो कार्ड दर्शन गराएका थिए।
त्यस्तै पहिलो हाफको इन्जुरी समयमा विपक्षी खेलाडी इरिक प्लेटर्समाथि खतरनाक फाउल गरेवापत डिर्भिचले रातो कार्ड सामना गरेका थिए।
यसअघि नै रेलिगेसन स्विकारिसकेको नर्विच सिटी जारी सिजनको एक खेल बाँकी रहँदा २१ अंकका साथ पुछारमा थन्किएको छ। टोली सुरक्षित क्षेत्रभन्दा १३ अंकले पछि छ।
एक खेल खेल्न बाँकी रहेको बर्नली ५४ अंकका साथ नवौं स्थानमा छ। आगामी सिजन युरोपा लिग खेल्न टोलीले कम्तिमा छैटौं स्थानमा रहेर लिग टुंग्याउनु पर्नेछ।
छैटौं स्थानमा रहेको उल्भरह्याम्पटनको खातामा ५६ अंक छ। टोलीले बर्नलीभन्दा एक खेल कम खेलेको छ।
क्रिस उडले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए।
जहाँ समय सकिन १० मिनेट बाँकी रहँदा बेन गडफ्रेले आत्मघाती गोलको उपहार दिएपछि बर्नलीको जित सहज बन्यो।
" /> काठमाडौं। ९ खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको नर्विच सिटीमाथि २-० को जित हासिल गर्दे बर्नलीले आगामी सिजन यूरोपमा खेल्ने गणितीय सम्भावना कायम राखेको छ।इङलिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलको पहिलो हाफमै इमिलियानो बुएन्डिया र जोसिप डिर्मिचले रातो कार्ड सामना गरेपछि यसअघि नै रेलिगेसनमा परिसकेको पुछारको टोली नर्विच सिटी ९ खेलाडीमा सिमित भएको थियो।

">