काठमाडौं। पिरे इमेरिक औबामेयाङले दुई गोल गरेपछि मिकेल आर्टेटाले आफ्ना पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीमाथि गएराति २-० को जित हासिल गर्दै एफए कपको उपाधि भिड्न्तमा स्थान सुरक्षित गरेको छ।
डिसेम्बरमा आर्सनलको मूख्य प्रशिक्षकका रूपमा जिम्मेवारी लिनुअघि आर्टेटा सिटीमा ग्वार्डिओलाको सहायक थिए।
कोरोना भाइरसको महामारीका कारण दर्शकको उपस्थिति बर्जित गरिएको वेम्बली रंगशालामा औबामेयाङले निकोलस पेपेको पासमा १९औं मिनेटमा गोल गर्दै आर्सनलको खाता खोलेका थिए।
समय सकिन १९ मिनेट बाँकी रहँदा किरन थियर्नीको पासमा अर्को गोल गर्दै उनले टोलीको जित पक्का गरे।
१ अगस्टमा हुने फाइनलमा आर्सनलले चेल्सी वा म्यानचेस्टर युनाइटेडमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। पिरे इमेरिक औबामेयाङले दुई गोल गरेपछि मिकेल आर्टेटाले आफ्ना पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीमाथि गएराति २-० को जित हासिल गर्दै एफए कपको उपाधि भिड्न्तमा स्थान सुरक्षित गरेको छ।डिसेम्बरमा आर्सनलको मूख्य प्रशिक्षकका रूपमा जिम्मेवारी लिनुअघि आर्टेटा सिटीमा ग्वार्डिओलाको सहायक थिए।

">