नेपाल र एमसीसीबीचको तीन दिवसीय क्रिकेट शुरु

काठमाडौं । नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेपाली राष्ट्रिय क्रिकेट टोलीबीचको तीन दिवसीय म्याच सुरु भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल भइरहेको छ । टस जितेर नेपालले बलिङ गरिरहेको छ ।

यो तीन दिवसीय क्रिकेटलाई 'फस्ट क्लास' मान्यता दिइएको छ। नेपाली राष्ट्रिय टोलीबाट आज कप्तान ज्ञानेन्द्र मल्लसहित ९ जना खेलाडीले पहिलोपटक 'फस्ट क्लास' क्रिकेट खेल्दैछन् । यसअघि सरद भेषावकर र सोमपाल कामीले मात्र 'फस्ट क्लास' क्रिकेट खेलेका थिए ।

नेपाल प्लेइङ एलेभेन

ज्ञानेन्द्र मल्ल (कप्तान)

आरिफ शेष

विनोद भण्डारी

दीपेन्द्र ऐरी

करण केसी

ललित राजवंशी

पवन सर्राफ

राजु रिजाल

सन्दीप लामिछाने

सरद भेषावकर

सोमपाल कामी

प्रतिक्रिया दिनुहोस्