काठमाडौं। अलराउन्डर बेन स्टोक्स र ओपनर डोम सिबलेले शतक बनाएपछि वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन इङ्ल्यान्डले खेल आफ्नो नियन्त्रणमा राखेको छ।
स्टोक्सले १७६ र सिबलेले १२० रन बनाएपछि इङ्ल्यन्डले ९ विकेट गुमाएर ४६९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। दोस्रो दिन सकिँदा वेष्ट इन्डिज ३२/१ को स्थितिमा छ।
वेष्ट इन्डिजका जोन क्याम्पबेल (१२)लाई घरेलु टोलीका साम कुरानले एलबिडब्लू आउट गरेका थिए। वेष्ट इन्डिजका क्रिग ब्रेथह्वाइट ६ र अलजारी जोसेफ १४ रन बनाएर क्रिजमा छन्।
इङ्ल्यान्डले २०७/३ को स्थितिबाट दोस्रो दिनको शुरूआत गरेको थियो। दोस्रो दिन थाल्दा सिबले ८६ तथा स्टोक्स ५९ रनको स्थितिमा थिए। स्टोक्स र सिबलेले चौथो विकेटका लागि २६० रनको साझेदारी गरेका थिए।
सिबलेलाई रोष्टन चेजले आउट गर्दा इङ्ल्यान्ड ३४१/४ रनको स्थितिमा थियो। त्यसपछि घरेलु टोलीले थप १२८ रन जोडेर इनिङ समाप्तीको घोषणा गरेको थियो। स्टोक्सले १७६ रन बनाउँदा जोस बट्लरले ४०, डोम बेसले ३१, साम कुरानले १७, स्टुवार्ट ब्रोडले ११ रन बनाए।
वेष्ट इन्डिजका चेजले पाँच विकेट लिए। केमर रोचले २ विकेट लिँदा अलजारी जोसेफ र कप्तान जसोन होल्डरले समान एक विकेट लिए।
" /> काठमाडौं। अलराउन्डर बेन स्टोक्स र ओपनर डोम सिबलेले शतक बनाएपछि वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको दोस्रो दिन इङ्ल्यान्डले खेल आफ्नो नियन्त्रणमा राखेको छ।स्टोक्सले १७६ र सिबलेले १२० रन बनाएपछि इङ्ल्यन्डले ९ विकेट गुमाएर ४६९ रन बनाउँदा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। दोस्रो दिन सकिँदा वेष्ट इन्डिज ३२/१ को स्थितिमा छ।

">