काठमाडौं। अलराउन्डर बेन स्टोक्स र ओपनर डोम सिबलेले अर्धशतक बनाएपछि वेष्ट इन्डिजविरूद्धको दोस्रो टेष्टमा इङ्ल्यान्डले बलियो शुरूआत गरेको छ।
स्टोक्स र सिबलेले १२६ रनको अविजित साझेदारी गरेपछि इङ्ल्यान्डले पहिलो दिन सकिँदा तीन विकेट गुमाएर २०७ रन बनाएको छ।
स्वास्थ्य सुरक्षा प्रोटोकल उल्लङ्घन गरेपछि इङ्ल्यान्डको तीव्रगतिका बलर जोर्फा आर्चरले दोस्रो टेष्ट गुमाएका थिए। इङ्ल्यान्ड एक समय ८१/३ को अवस्थामा थियो।
२९ रन बनाउँदा ओपनर रोरी बर्नस (१५)लाई गुमाएको इङ्ल्यान्डले लगत्तै ज्याक क्राउले (०)को विकेट पनि गुमाएको थियो। दुवैलाई रोस्टन चेजले पवेलियनको बाटो देखाएका थिए।

त्यसपछि कप्तान जो रूट र सिबलेले इङ्ल्यान्डको इनिङ उकास्ने प्रयास गरे। दुईले तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरे। रूट २३ रन बनाएर पवेलियन फर्किए। रूटलाई अलजारी जोसेफले कप्तान जसोन होल्डरमार्फत् क्याच गरेका थिए।
रूट आउट भएपछि स्टोक्स र सिबलले इङ्ल्यान्डको इनिङ सम्हाले। पहिलो दिन सकिँदा सिबले ८६ तथा स्टोक्स ५९ रनमा अविजित छन्। टेष्ट क्रिकेटमा सिबलेको यो दोस्रो ठूलो स्कोर हो।
तीन खेलको टेष्ट शृंखलामा वेष्ट इन्डिज १-० ले अगाडि छ। साउथह्याम्पटनमा सम्पन्न पहिलो टेष्ट वेष्ट इन्डिजले चार विकेटले जितेको थियो।
" /> काठमाडौं। अलराउन्डर बेन स्टोक्स र ओपनर डोम सिबलेले अर्धशतक बनाएपछि वेष्ट इन्डिजविरूद्धको दोस्रो टेष्टमा इङ्ल्यान्डले बलियो शुरूआत गरेको छ।स्टोक्स र सिबलेले १२६ रनको अविजित साझेदारी गरेपछि इङ्ल्यान्डले पहिलो दिन सकिँदा तीन विकेट गुमाएर २०७ रन बनाएको छ।

">