काठमाडौं। इन्टर मिलानले बिहीबार राति रेलिगेसन क्षेत्रमा रहेको स्पललाई ४-० ले हराउँदै इटालियन सिरी ‘ए’ को उपाधि आशा कायम राखेको छ।
मिलानको जितमा एन्टोनियो कान्ड्रेभा, क्रिष्टियानो बिराघी, एलेक्सिस सान्चेज र रोबर्टो गाग्लियार्दिनीले गोल गरेका थिए।
जितसँगै इन्टर लिगको दोस्रो स्थानमा उक्लिएको छ। इन्टरको ७१ अंक छ। जुन शीर्ष क्लब युभेन्टसको भन्दा ६ अंकले मात्र पछि हो।
इटालियन सिरी ‘ए’मा अब पाँच चरणको खेलमात्र बाँकी छ। स्पल भने रेलिगेसनभन्दा माथिको टीम जेनोवाभन्दा ११ अंकले तल छ।
चौथो स्थानको लाजियोले युडिनेससँग गोलरहित बराबरी खेल्यो। टोरिनोले जेनोवालाई ३-० ले पराजित गर्दै रेलिगसनबाट बच्ने सम्भावना बलियो बनाएको छ।
जितसँगै टोरिनो ३७ अंकका साथ १५औं स्थानमा छ। जेनोवा भने ३० अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेसनमा रहेको लेसेभन्दा एक अंकले मात्र अगाडि हो।
" /> काठमाडौं। इन्टर मिलानले बिहीबार राति रेलिगेसन क्षेत्रमा रहेको स्पललाई ४-० ले हराउँदै इटालियन सिरी ‘ए’ को उपाधि आशा कायम राखेको छ।मिलानको जितमा एन्टोनियो कान्ड्रेभा, क्रिष्टियानो बिराघी, एलेक्सिस सान्चेज र रोबर्टो गाग्लियार्दिनीले गोल गरेका थिए।

">