काठमाडौं। लेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई २-० ले पराजित गरेको छ। जितसँगै लेस्टरले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवित राखेको छ।
लिगमा दुई खेल बाँकी हुँदा लेस्टर ६२ अंकका साथ चौथो स्थानमा यथावत छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडसँग बराबर अंक हो। तेस्रो स्थानको चेल्सीले ६३ अंक जोडेको छ।
छैटौं स्थानको उल्भरह्याम्पटनभन्दा ६ अंकले अगाडी रहेको लेस्टरले कम्तीमा युरोपा लिग भने पक्का गरेको छ।
‘‘आजको नतिजासँगै हामी क्लब इतिहासकै दोस्रो उच्च स्थानमा हुनेछौं,’’ लेस्टरका प्रशिक्षक बे्रन्डन रोजर्सले भने, ‘‘अर्को इतिहास बनाउन हामीले बाँकी दुई खेलमा अझ राम्रो प्रदर्शन गर्नु आवश्यक छ।’’
लेस्टरले २०१५/१६ को सिजन अप्रत्यासित रूपमा प्रिमियर लिगको उपाधि जितेको थियो।
लेस्टरले आयोज पेरेजको गोलबाट २९औं मिनेटमा अग्रता लिएको थियो। खेल सकिन ११ मिनेट बाँकी छँदा डेमाराई ग्रेले अर्को गोल थप्दै लेस्टरको महत्वपुर्ण तीन अंक पक्का गरेका थिए।
हारपछि सेफिल्ड युनाइटेड भने ५४ अंकका साथ आठौं स्थानमा छ।
" /> काठमाडौं। लेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई २-० ले पराजित गरेको छ। जितसँगै लेस्टरले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवित राखेको छ।लिगमा दुई खेल बाँकी हुँदा लेस्टर ६२ अंकका साथ चौथो स्थानमा यथावत छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडसँग बराबर अंक हो। तेस्रो स्थानको चेल्सीले ६३ अंक जोडेको छ।

">