काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव पदका लागि २७ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा निर्वतमान सदस्यसचिव रमेश सिलवाल पनि छन्। त्यस्तै तीन महिलाले पनि सदस्यसचिवका लागि आवेदन दिएका छन्।
खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सात दिनको समय तोक्दै दरखास्त आह्वान गरेको थियो। नयाँ खेलकुद ऐन असार १८ गतेबाट कार्यान्वयनमा आएपछि सरकारले नियुक्त गरेका पदहरू रिक्त भएको थियो।
आज अन्तिम दिनसम्म निर्वतमान सदस्यसचिव सिलवालसहित रोशन महर्जन, अनिल अधिकारी, हर्कबहादुर राई, मिना श्रेष्ठ, शिबराज भट्ट, लिलबहादुर थापामगर, रवि राजकर्णिकार, अचुतम लामिछाने, निलमसिंह बज्राचार्य, रामेश्वर श्रेष्ठ, अच्युत खनालले आवेदन दिएका छन्। त्यस्तै मनबहादुर गुरूङ, विजयकुमार राई, सानुराजा केसी, किशोर शाही, अन्जु श्रेष्ठ, सुदिल शाही, रमेशमान डंगोल, ध्रुबराज न्यौपाने, खेमराज अधिकारी, राम पुडासैनी, सुनिल नकर्मी, रणबहादुर चन्द, दीपेन्द्र ढकाल र तेजबहादुर गुरूङको पनि आवेदन परेको छ।
नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा मन्त्रालयले तोकेको सम्बन्धित क्षेत्रका एकजना महिलासहित दुईजना विज्ञ रहेको तीन सदस्सीय सिफारिस समिति गठन गरेको छ।
सिफारिस समितिमा मन्त्रालयका सचिव रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य छन्। मन्त्रालयले सदस्यसचिव सिफरिस सम्बन्धी कार्यविधि २०७७ पनि बनाइसकेको छ।
सिफारिस समितिले एक महिलासहित तीन व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्नेछ। सिफारिस व्यक्तिमध्येबाट सदस्यसचिव नियुक्ति गर्न मन्त्रालयले गरेको प्रस्तावमा मन्त्रिपरिषदले सदस्यसचिवको नियुक्ति गर्नेछ।
" /> काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव पदका लागि २७ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा निर्वतमान सदस्यसचिव रमेश सिलवाल पनि छन्। त्यस्तै तीन महिलाले पनि सदस्यसचिवका लागि आवेदन दिएका छन्।खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि युवा तथा खेलकुद मन्त्रालयले असार २६ गते सात दिनको समय तोक्दै दरखास्त आह्वान गरेको थियो। नयाँ खेलकुद ऐन असार १८ गतेबाट कार्यान्वयनमा आएपछि सरकारले नियुक्त गरेका पदहरू रिक्त भएको थियो।

">